
कुलमानको पक्षमा राप्रपाको प्रदर्शन- ‘नेपाली जनताले के भन्छ? कुलमान घिसिङ ले भन्छ’
राप्रपाका सम्पूर्ण संगठनले कुलमान घिसिङलाई हटाइएको विरोधमा प्रदर्शन गरेका छन्। कुलमान घिसिङलाई हटाउने निर्णय गलत भएको भन्दै संगठनहरूले बिहिबार माईतीघर मण्डलामा सरकारविरुद्ध विरोध प्रदर्शन गरेका हुन्। राप्रपाकी केन्द्रीय सदस्य खुस्बु ओलीले कुलमानलाई हटाएर सरकारले एकदमै अन्याय गरेको बताइन्। उनले राम्रो काम गर्नेहरूलाई अपमान गर्ने, राम्रो काम गरेको देख्न पनि नसक्ने जस्तो परिपाटी अहिलेको सरकारले देखाएको भन्दै यसरी सरकारले आफ्नो चरित्र र नैतिकता देखाइरहेको बताईन्।

बिएल संवाददाता - काठमाडौं