बिएल संवाददाता
राजावादी मोर्चाले दुर्गा प्रसाईंलाई राजसंस्था पुनर्स्थापनाका लागि आयोजना गर्न लागेको संयुक्त जनआन्दोलनको कमाण्डरको जिम्मेवारी दिएको छ।
बिहीबार काठमाडौंको चाबहिलमा पत्रकार सम्मेलन गर्दै समितिका संयोजक नवराज सुवेदीले प्रसाईंलाई कमाण्डरको जिम्मेवारी दिइएको जानकारी गराए।
चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले विशाल जनप्रदर्शनको तयारी गरेका छन्। उक्त आन्दोलनको नेतृत्व दुर्गा प्रसाईंले गर्न लागेका हुन्।
प्रसाईंले आजै पूर्वराजा ज्ञानेन्द्र शाहसँग निर्मल निवास पुगेर छलफल गरेका थिए। राजावादी मोर्चाका संयोजक सुवेदी पनि आजै शाहलाई भेट्न पुगेका थिए। भेटवार्तापछि आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रसाईंलाई कमाण्डर तोकिएको जानकारी गराइएको हो।
राजावादी मोर्चाले सबै राजतन्त्रवादीहरूलाई आन्दोलन सफल बनाउन अनिवार्य उपस्थितिका लागि अनुरोध गरेको छ।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया