बिएल संवाददाता
राप्रपाका सम्पूर्ण संगठनले कुलमान घिसिङलाई हटाइएको विरोधमा प्रदर्शन गरेका छन्।
कुलमान घिसिङलाई हटाउने निर्णय गलत भएको भन्दै संगठनहरूले बिहिबार माईतीघर मण्डलामा सरकारविरुद्ध विरोध प्रदर्शन गरेका हुन्।
राप्रपाकी केन्द्रीय सदस्य खुस्बु ओलीले कुलमानलाई हटाएर सरकारले एकदमै अन्याय गरेको बताइन्।
उनले राम्रो काम गर्नेहरूलाई अपमान गर्ने, राम्रो काम गरेको देख्न पनि नसक्ने जस्तो परिपाटी अहिलेको सरकारले देखाएको भन्दै यसरी सरकारले आफ्नो चरित्र र नैतिकता देखाइरहेको बताईन्।
उनले भनिन्, ‘कुलमानजीको कुरामा यो सरकारले एकदमै अन्याय गरेको हो। राम्रो काम गर्नेहरूलाई अपमान गर्ने, आफू पनि राम्रो काम नगर्ने राम्रो काम गरेको देख्न पनि नसक्ने जस्तो परिपाटी अहिलेको सरकारले देखाउनु भएको छ। कुलमानलाई हटाउनु वा बालेनलाई असहयोग गर्नु यो सबै एउटै खालका कुराहरू हुन्। कुलमानको विषयमा यो राज्य प्रतिगमनतर्फ लागेको अनुभूती भएको छ।’
यस्तै, उनले लोडसेडिङ्बाट देशलाई मुक्त गर्ने कुलमानलाई सम्मान गर्नुपर्ने ठाँउमा कार्यकालको तीन महिनामात्र बाँकी हुदा यसरी हटाउनु उर्जामन्त्री दिपक खड्का, प्रधानमन्त्री, प्रचण्ड र देउवाप्रति जति निन्दा गरेपनि कम हुने बताईन्।
साथै प्रदर्शनमा ‘नेपाली जनताले के भन्छ, कुलमान घिसिङ ले भन्छ’, ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्ने नारा लगाएका थिए। ‘भ्रष्ट सरकार खारेज गरौं, अवस्था बदल्न व्यवस्था बदलौं’ लेखिएको प्ले कार्ड बोकेका थिए।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया