बिएल संवाददाता
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कुलमान घिसिङको बर्खास्तीको विरोध जनाएका छन्।
उनले राम्रो काम गरिरहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई केही महिनामात्र कार्यकाल बाँकी रहेका बेला बर्खास्त गर्नु गलत रहेको टिप्पणी गरे।
बिहीबार रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आफू सरकारमा भएको भए कुलमानलाई पूरा अवधि काम गर्न दिनेसमेत बताए।
‘उनले राम्रै काम गरिरहेका थिए। चार महिना मात्र बाँकी थियो। काम गर्न दिएको भए हुनेथियो। सामान्य ‘कमन सेन्स’ले त्यही भन्छ। म भएको भएपनि त्यही गर्थें। तर अब सरकारले किन गर्यो भन्ने उहाँहरूले जान्ने कुरा हो।’
उनले आफू सरकारको नेतृत्वमा रहँदा यस्तै मनपरी रोक्नका लागि संस्थान निर्देशन बोर्ड गठन गरेको पनि बताए।
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया