बिएल संवाददाता
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कुलमान घिसिङको बर्खास्तीको विरोध जनाएका छन्।
उनले राम्रो काम गरिरहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई केही महिनामात्र कार्यकाल बाँकी रहेका बेला बर्खास्त गर्नु गलत रहेको टिप्पणी गरे।
बिहीबार रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आफू सरकारमा भएको भए कुलमानलाई पूरा अवधि काम गर्न दिनेसमेत बताए।
‘उनले राम्रै काम गरिरहेका थिए। चार महिना मात्र बाँकी थियो। काम गर्न दिएको भए हुनेथियो। सामान्य ‘कमन सेन्स’ले त्यही भन्छ। म भएको भएपनि त्यही गर्थें। तर अब सरकारले किन गर्यो भन्ने उहाँहरूले जान्ने कुरा हो।’
उनले आफू सरकारको नेतृत्वमा रहँदा यस्तै मनपरी रोक्नका लागि संस्थान निर्देशन बोर्ड गठन गरेको पनि बताए।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया