बिएल संवाददाता
सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई रिट सच्याउन अवसर दिएको छ।
साढे ३ वर्ष पुरानो मुद्दाको टुंगो लगाउन माग गर्दै बुधबार सर्वोच्चमा रिट लिएर पुगेका शाक्यलाई रीत नपुगेको भन्दै रिट सच्याउन समय दिएको हो।
शाक्यले २०७७ सालमा आफूलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट ऊर्जा आयोगमा सरुवा गर्ने निर्णय गलत भएको दाबी गर्दै आफूले खाइपाई आएको सेवासुविधा उपब्लध गराउनुपर्ने मागसहित रिट दायर गरेका थिए।
सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेल र शाक्यका पक्षबाट आएका कानुन व्यवसायीसँग भएको छलफलपछि रीट सच्याउन समय दिइएको हो।
शाक्य पक्षले आजै रिट सच्याएर पेस गर्ने तयारी गरेको छ। उक्त रिटको पेसी २०८२ असार १० गतेका लागि तोकिएको स्रोतले बतायो।
उता बर्खास्तीमा परेका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि आफ्नो बर्खास्ती गैरकानुनी भएको दाबी गर्दै रिट लिएर सर्वोच्च अदालत पुगेका छन्।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया