सोमबार, १८ अगस्ट २०२५

कहाँ लुके दुर्गा? प्रहरी उच्च स्रोत भन्छ- ललितपुरमै छन्

शुक्रबारको हिंसात्मक प्रदर्शनपछि फरार रहेका राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंको खोजीमा प्रहरीले विशेष टोली खटाएको छ। विशेष टोलीको अनुसन्धानमा तीनकुनेबाट भागेका प्रसाईं धर्मगुरु पुष्कर खतिवडाको इमाडोस्थित घरमा लुकेको खुलेको छ। खतिवडाको घरमा खाना खाएर निस्केका प्रसाईंको अवस्था त्यसपछि अज्ञात छ। प्रहरी उच्च स्रोतका अनुसार प्रसाईं ललितपुरबाट निस्केको सुराकी हालसम्म आएको छैन। उनी ललितपुरमै रहेको स्रोतको दाबी छ। उनलाई लुकाउन सहयोग गरेका धर्मगुरु खतिवडा भने पक्राउ परिसकेका छन्। उनलाई शनिबार बिहान प्रहरीले निवासबाटै पक्राउ गरेको थियो। पक्राउ परेका खतिवडाले प्रहरीलाई दिएको वयानमा प्रसाईं आफ्नो घरमा बसेर स्याउ र केरा खाएर निस्केको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पेरिसडाँडा पुगेर गृहमन्त्रीले भने- व्यवस्थाविरुद्ध लाग्नेविरुद्ध सबै एकाकार हुनुपर्छ

गृहमन्त्री रमेश लेखक गृहसचिवसहित सुरक्षा निकायका प्रमुखहरूलाई लिएर माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन्। राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा भएको क्षतिको अनुगमनका लागि तीनकुने क्षेत्र पुगेका गृहमन्त्री लेखक माओवादीको कार्यालयको अनुगमनका लागि पुगेका हुन्। उनको टोलीले माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव कमरेड गणेशमान पुन, पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटालगायत नेताहरूसँग भेटवार्ता गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजावादीविरुद्ध कडा प्रतिकार गर्ने नेविसंघको चेतावनी

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले चैत्र १५ गते भएको अराजक गतिविधि, लुटपाट र हत्या, हिंसाजस्ता क्रूरतापूर्ण घटनाले राजावादीहरूको निरंकुश, अत्याचारी, सामन्ती सोच र शैली पुनः उजागर गरेको उल्लेख गरेको छ। संघका अध्यक्ष डुजाङ शेर्पाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै संघले अराजक गतिविधि, लुटपाट, सार्वजनिक तथा नीजि सम्पत्तिमा तोडफोड, व्यवसायीहरू माथिको नियोजित आक्रमण, स्वतन्त्र पत्रकारिताको मर्मलाई कुल्चिँदै गरिएको हत्या, हिंसा जस्ता क्रूरतापूर्ण घटनाले राजावादीहरूको निरंकुश शैली पुनः उजागर गरेको उल्लेख गरेका हुन्। ‘नेपालको संविधानले लोकतान्त्रिक प्रणालीलाई आत्मसात गर्दै हरेक नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता, सभासम्मेलन गर्ने, राजनीतिक संघसंस्था खोल्न पाउने तथा शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न पाउने अधिकार सुनिश्चित गरेको छ। तर काठमाडौमा अनियन्त्रित भीडद्वारा गरिएको अराजक गतिविधि, लुटपाट, सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, व्यवसायीहरू माथिको नियोजित आक्रमण, स्वतन्य पत्रकारिताको मर्मलाई कुल्चिदै गरिएको हत्या, हिंसा जस्ता क्रूरतापूर्ण घटनाले राजाबादीहरूको निरंकुश, अत्याचारी, सामन्ती सोच र शैली पुनःउजागर गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

म्यानमार भूकम्प : अहिलेसम्म १७ नेपालीभाषीकाे निधन

म्यानमारमा शुक्रबार गएकाे भूकम्पमा परेर अहिलेसम्म १७ जना नेपाली भाषीकाे निधन भएकाे छ। तीमध्ये अहिलेसम्म ९ जना नेपालीकाे शव भेटिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धर्मगुरु पुष्कर खतिवडा निवासबाटै पक्राउ

आफूलाई हिन्दुराष्ट्रको हिमायतीको रुपमा परिचय गराउँदै आएका धार्मिक अभियन्ता पुष्कर खतिवडा पक्राउ परेका छन्। सामाजिक सञ्जालमा चर्चित ज्योतिषीसमेत रहेका उनले आफूलाई निवासबाटै पक्राउ गरिएको सामाजिक सञ्जालमार्फत नै जानकारी गराएका हुन्। काठमाडौँ प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले शनिबार बिहान उनलाई इमाडोलस्थित घरबाटै पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ज्ञानेन्द्रलाई ठेगान लगाउने बेला यही हो, सरकारले नछाडोस्ः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार भएको सबै आपराधिक गतिविधिको पछाडि ज्ञानेन्द्र शाहनै संलग्न भएको दाबी गरेका छन्। शनिबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयको अवलोकन गर्दै उनले ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिक रहेको कुरा इतिहासमा पनि देखिएको र अहिले पनि देखिएको भन्दै यसरी छाडा हुने छुट दिन नहुने बताए। उनले सरकारले कडा कदम चाल्ने समय पनि यही नै भएको भन्दै अपराधीहरू सबैलाई छानबिन गरेर कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विदेश भाग्ने सुइँको पाएपछि पूर्वराजाको पासपोर्ट रद्द गर्दै सरकार

सरकारले पूर्व राजा ज्ञानेन्द्र शाहको राहदानी (पासपोर्ट) रद्द गर्ने तयारी गरेको छ। गृहमन्त्रालय उच्च स्रोतका अनुसार उनी विदेश भाग्ने तयारीमा रहेको सुराकी पाएपछि पासपोर्ट रद्द गर्ने प्रक्रिया अघि बढाइएको हो। शुक्रबारको हिंसात्मक आन्दोलनका लागि राजावादीहरूलाई उनैले उक्साएको सरकारको ठम्याइ छ। पूर्वराजाले आन्दोलनको अघिल्लो दिन दुर्गा प्रसाईं र नवराज सुवेदीलाई भेटेर हिंसात्मक आन्दोलनको निर्देशन दिएको सरकारको दाबी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजावादीको प्रदर्शन राजनीतिक होइन आपराधिक होः गृहमन्त्री

यो कुनै राजनीतिक दर्शनभन्दा पनि अपराधिक काम भएको भन्दै यसको लागि सरकारले आवश्यक कारबाही गर्ने बताए। सञ्चारगृहलगायत सम्पूर्ण नागरिकको जीवन सुरक्षाका लागि पनि कुनै कसर बाँकी नराख्ने उनको भनाई छ। उनले भने, ‘तपाईंहरूलाई दुःख र पीडा भयो यो एकदमै अपराधिक काम हो। यो कुनै राजनीतिक कुरा होइन, राजनीतिक दर्शन, चेतनाको कुरा होइन, नितान्त अपराधिक काम हो। यसको लागि सरकारले आवश्यक कारबाही गर्छ र सञ्चार गृहलगायत सम्पूर्ण नागरिकको जीवन सुरक्षाका लागि कुनै कसर बाँकी राख्दैनौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीनकुने क्षेत्रको स्थलगत अनुगमनमा गृहमन्त्री लेखक (तस्बिरहरू)

शुक्रबार राजावादी समुहले काठमाडौंको तीनकुनेलगायत स्थानमा तोडफोडसहित आगजनी गरेपछि शनिबार गृहमन्त्री रमेश लेखकले उक्त स्थानहरूमा स्थलगत अनुगमन गरेका छन्। गृहमन्त्री लेखक तीनकुने पुगेर तोडफोडबाट पुगेको क्षतिको अनुगमन गरेका हुन्। राजतन्त्रवादीहरूको आन्दोलनका क्रममा तीनकुने क्षेत्रमा ठूलो मात्रामा जनधनको क्षति भएको छ। पत्रकारसहित दुईजनाको मृत्यु हुँदा धेरै घरहरूमा तोडफोड, आगजनी, र व्यापारिक कम्प्लेक्समा लुटपाटका घटना भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पत्रकार हत्याविरुद्ध विराेधसभा

राजावादीहरूले शुक्रबार तीनकुनेकाे एउटा व्यावसायिक भवनमा आगाे लगाइदिएका थिए। त्यहीँबाट भिडिओ खिचिरहेका पत्रकार रजककाे त्यसैमा जलेर मृत्यु भएकाे हाे। प्रदर्शनकारीले  भवनकाे मूल गेटमा ताल्चा लगाइदिएर पत्रकारलाई थुनेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज काठमाडौं उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

आजका दिन काठमाडौँ उपत्यकामा परम्परागत घोडे जात्रा पर्व मनाइँदैछ। आजका दिन काठमाडौँ उपत्यकामा परम्परागत घोडे जात्रा पर्व मनाइँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रविन्द्र र धवल पक्राउ, दुर्गा प्रसाईं खोज्दै प्रहरी

राप्रपाका महामन्त्री डा. धवलसमशेर राणा र बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई प्रहरीले गिरफ्तार गरेको छ। शुक्रबार भएको प्रदर्शन हिंसात्मक भएपछि उनीहरूलाई जिम्मेवार बनाउँदै प्रहरीले पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यसरी हिंस्रक बने राजावादी (भिडिओ ब्रिफिङ)

चैत १५ गते राजावादी र गणतन्त्रवादी समाजवादी मोर्चाले आआफ्ने शक्ति प्रदर्शन गर्ने भनेका थिए। यो प्रदर्शनमा राजावादीहरूको आन्दोलन हिंस्रक बन्यो। बिएल नेपाली सेवाकी ईशु राईले त्यो हिंस्रक आन्दोलनका बारेमा ब्रिफ्रिङ गरेकी छन्…

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘सरकार अब हेरेर बस्दैन’

‘सरकार अब हेरेर बस्दैन। किनकि यो कुनै राजनीतिक आन्दोलन होइन। यो आपराधिक लुटपाटको हिंसाजनक अमानवीय कार्य हो। यसमा सरकार आज जस्तै संयमित भएर आगामी दिनमा बस्छ जस्तो मलाई लाग्दैन’ उनले भने ‘यो सबको जिम्मेवार दुर्गा प्रसाईं हुन् भन्ने हाम्रो ठहर हो। उनीहरूलाई कानुनअनुसार कारबाहीमा ल्याएरै छोड्छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राजावादीले आगो लगाएको घरमा जलेर पत्रकारको मृत्यु

तीनकुनेस्थित एउटा ब्यापारिक भवनमा राजावादीहरूले आगजनी गरेका थिए। उक्त घरको छतमा बसेर आन्दोलनको दृश्य खिचिरहेका एभिन्यूजका पत्रकार सुरेश रजकको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राजावादीको प्रदर्शन : एकजनाको मृत्यु, २२ घाइते, दुर्गा प्रसाईंलाई पक्राउ गर्न आदेश

राजावादीको प्रददर्शन उग्र हुँदा भएको झडपमा एकजना मारिएका छन् भने प्रहरीसहित २२ जना घाइते भएका छन्। प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रण गर्नका लागि अश्रुग्याँस र हवाइफायर गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘सन्चो’ उत्पादक जडिबुटी कम्पनीमा आगजनी

नेपाली बजारमा निकै लोकप्रिय ‘सन्चो’ लगायत विभिन्न आयुर्वेद औषधिजन्य सामग्री उत्पादन गर्दै आएको कम्पनीको कार्यालयमा उनीहरूले आगजनी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दुर्गा प्रसाईं ‘कमाण्डर’ बनेर आए, तीनकुनेमा राजावादीले आगो लगाए (भिडिओसहित)

त्यो बेलासम्म दुर्गा प्रसाईं भने आफैले गाडी हाँकेर त्यहाँबाट निस्किए। प्रसाईं बीएबी ४२०८ नम्बरको कार चढेर आएका थिए। त्यही कार हाँकेर त्यहाँबाट निस्किए। त्यहाँबाट निस्किएर उनले सामाजिक सञ्जालबाट प्रहरीले दमन गरेको र प्रदर्शनस्थलमा जान नदिनका लागि अश्रुग्याँस हानेको आरोप लगाए। उनले राजावादीहरूलाई निजी सम्पत्तीमा आगजनी नगर्न पनि अपिल गरे। त्यतिञ्जेल प्रदर्शनकारी झन उग्र भइसकेका थिए। प्रसाईं आफैले गाडीबाट हात हल्लाउँदै प्रदर्शनकारीलाई प्रहरीको घेरा तोड्न लगाएर झन उक्साएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काठमाडौंका सडकमा निस्कियाे नेपाली सेना

प्रदर्शनकारीहरूले तीनकुने क्षेत्रलाई हिंस्रक बनाएपछि त्यहाँ प्रशासनले कर्फ्यू आदेश जारी गरेसँगै नेपाली सेनाले पनि गस्ती गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ