सोमबार, १८ अगस्ट २०२५

तीनकुने घटनापछिको तरंगः प्रचण्ड-ओलीबीच टेलिफोन संवाद, प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

शुक्रबार राजावादी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाले नेपालको राजनीतिमा तरंग ल्याएको छ। दुई जनाको मृत्यु हुनेगरी भएको हिंसात्मक प्रदर्शनका लागि उक्साएको आरोपमा राप्रपाका नेताहरू रविन्द्र मिश्र र सांसद धवलशमशेर राणासहित १०० बढी नेता कार्यकर्ता पक्राउ परेका छन्। उक्त घटना  घटना लोकतन्त्रमाथिकै प्रहार भएको निष्कर्षसहित सभामुख देवराज घिमिरेले उक्त विषय संसदमा छलफल हुनुपर्ने भन्दै सजह बैठक सञ्चालनका लागि प्रमुख दलका सचेतकहरूसँग छलफल गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदको अवरोध खुलाउने सभामुखको प्रयास, प्रमुख सचेतकहरूसँग छलफल

प्रतिपक्षी दलहरूको विरोधका कारण अवरुद्ध भएको प्रतिनिधि सभा बैठक सहज सञ्चालनका लागि सभामुख देवराज घिमिरे सक्रिय बनेका छन्। सरकारले  विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई बर्खास्त गरेपछि प्रतिपक्षीले अवरुद्ध गरेपछि सभामुखले आइतबार प्रमुख राजनीतिक दलका  प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्। संघीय संसद भवन नयाँबानेश्वरमा कांग्रेस, एमाले, माओवादी (केन्द्र), रास्वपा र राप्रपाका प्रमुख सचेतकहरूसँग सभामुखले छलफल गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

४४ वर्षपछि नेपाल फर्किए अमेरिका पुगेका पौराणिक मूर्ति र चित्रहरू

विभागका अनुसार यीमध्ये तीनवटा पौवा चित्रहरु (१५–१८ औं शताब्दी) काठमाण्डौंस्थित इटुम्बहालबाट २०३७ सालमा हराएका थिए भने एउटा प्रस्तरबाट निर्मित स्थानक बुद्धको मूर्ति (नवौं शताब्दी) बुङमतिको मच्छिन्द्रवहाल परिसरको चैत्यबाट हराएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनको भाउ बढेको बढ्यै, कति पुग्यो तोलाको?

शुक्रबार तोलाको एक लाख ७६ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज छ सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महानगरको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइयो

शनिबारमात्रै महानगरले ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकहरूमा लगभग ७ लाख ९३ हजार जरिवाना तोकेर पत्र काटेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पक्राप परेका मिश्र र धवलसहित ११२ जना राजावादीलाई अदालत लगिंदै

राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल समशेर राणालगायत हत्या, हिंसा र तोडफोड तथा आगजनी एंव लुटपाट गर्ने ११२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।  त्यो आन्दोलनका लागि ‘कमाण्डर’ तोकिएका दुर्गा प्रसाईं भने त्यही दिनदेखि फरार छन्। प्रहरीले उनको खोजी भइरहेको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘निर्मल निवासले ‘थ्रेट’मा राप्रपा निरीह, दुर्गा प्रासाईंले आपराधिक मान्छे परिचालन गरे’

‘तर खुला समाजमा सबै कुरा छर्लङ्ग नै छ।राजावादी र पूर्वपञ्चहरुले यो सबै अपराधको भारी दुर्गा प्रसाईं र उनका अनुचरलाई बोकाएर उम्कन खोजेको भए थोरै भएपनि विश्वास गर्थे होला नेपाली जनताले। घटना घटेको दिनसम्म राप्रपाको संस्थापनपक्षलाई लागेको त यस्तै थियो। तर निर्मल निवासको ‘थ्रेट’का सामु उनीहरू निरही देखिए र भन्न थाले ’प्रहरी दमनको प्रतिरोध गरेका हुन् आन्दोलनकारीले। आँखोदेखा सत्यलाई निर्मल निवासको भयले थिच्दा यस्तै भयो पूर्वपञ्चहरूको नियती।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

युद्धबिरामका लागि हमास तयार, इजरायलको जवाफ बाँकी

हमासले नेपाली विद्यार्थी बिपीन जोशीलाई पनि बन्धक बनाएको थियो। तर उनको अवस्थाको बारेमा पनि जानकारी यकीन छैन। १९ महिनाअघि युद्ध सुरु हुँदा हमासको आक्रमणमा परेर इजरायलमा अध्ययनरत १० जना नेपालीको ज्यान गएको थियो। त्यही बेला हमासले बिपीनलाई पनि बन्धक बनाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वराजालाई पुर्जी काटेर जेल हाल्नुपर्छ, राप्रपाका नेताहरूलाई पनि छाड्नुहुन्न: कैलाश ढुङ्गेल

नेकपा एमाले बागमती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले ‘मरिसकेको राजतन्त्र’लाई फेरी ब्युँताउने सपना नदेख्न राजावादीलाई चेतावनी दिएका छन्। राष्ट्रिय युवा संघ नेपाल रामेछाप नगरपालिका कमिटीले शनिबार पुष्पलालको जन्मथलो रामेछापमा आयोजना गरेको तेस्रो नगर अधिवेशन उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै ढुङ्गेलले विकास विरोधी नवराज सुवेदी जस्ता ‘गन्हाउने सिद्रा’लाई बोकेर राजतन्त्र फिर्ता ल्याउने सपना नदेख्न चेतावनी दिए। ‘रामेछापको विकास रोक्ने, रामेछापका जनतालाई भरियाको युगबाट माथि उठ्न नदिने, विकास विरोधी नवराज सुवेदीलाई बोकेर पूर्वराजा ज्ञानेन्द्रले राजतन्त्र फर्काउने सपना नदेखे हुन्छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - रामेछाप

त्रिवि उपकुलपति बरालले अचानक किन दिए राजीनामा?

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बरालले पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा पत्र बुझ्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बरालले स्वास्थ्यको कारण देखाएर राजीनामा दिएको बताएको छ। उनले आफ्नो स्वास्थ्य समस्याका कारण पदमा बसिरहन नसक्ने भन्दै प्रधानमन्त्री एवं त्रिविका कुलपतिलाई सम्बोधन गरेर राजीनामा पत्र पठाएर पोखरा लागेका छन्। गत वर्ष फागुनमा तत्कालिन प्रचण्ड सरकारले बराललाई त्रिवि उपकुलपति नियुक्त गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रहरीहरूलाई आईजीपी थापाको निर्देशन- अराजक गतिविधि नियन्त्रणमा निर्मम ढंगले लाग्नुस्

प्रहरी महानिरीक्षक दिपक थापाले शान्ति सुव्यवस्था कायम राख्नु र जीउ धनको सुरक्षा गर्नु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी भएको बताएका छन्। उनले जस्तोसुकै विषम परिस्थितमा पनि उच्च मनोबलका साथ उपलब्ध संयन्त्रको अधिकतम उपयोग गरी प्रहरी परिचालन गर्नुपर्ने बताएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायतका विषयमा शनिबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक थापाले यस्तो बताएका हुन्। प्रहरी महानिरीक्षक थापाले आ-आफ्नो क्षेत्रमा कुनैपनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनुपर्ने उल्लेख गर्दै आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति एवम् प्रभावकारी प्रहरी परिचालनमा कटिबद्ध हुन निर्देशन दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मिश्र र राणालाई विनासर्त रिहा गर्न राप्रपाको २४ घण्टे अल्टिमेटम

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको छ। शनिबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकान गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले दुई नेतासहित पक्राउ परेका सबै आन्दोलनकारीलाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको जानकारी गराए। पक्राउ परेकाहरू २४ घण्टाभित्र रिहा नभए देशव्यापी विरोधका कार्यक्रमहरू र आन्दोलन गर्ने चेतावनी राप्रपाले दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मनिषाले यस्तो के भनिन्, जसको समर्थनमा उत्रिन् झाक्री?

अभिनेत्री मनिषा कोइरालाले राजावादीको आन्दोलनमा हिंसात्मक भएकोप्रति टिप्पणी गरेकी छन्। राजतन्त्रकै पक्षधर कोइरालाले आन्दोलनका क्रममा ठूलो धनजनको क्षति भएपछि असन्तुष्टि जनाएकी हुन्। शुक्रबार राति उनले सामाजिक सञ्जाल एक्समा लेखेकी थिइन्, ‘जब अपराधीहरू देशका नेता बन्छन्!’ उनको भनाइमा समर्थन गर्दै नेकपा एकीकृत समाजवादीकी नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले पनि समर्थन गर्दै जवाफ फर्काएकी छन्। उनले कोइरालाको ट्वीटमा भनिन्, ‘जब अपराधीहरू देशको राजा बन्छन्... यो सत्य हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डको दाबी- हामीले पचासौं हजार जनता उतारेकै कारण ठूलो दुर्घटनाको खतरा टर्‍यो

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले समाजवादी मोर्चाले शुक्रबार पचासौं हजार जनता सडकमा उतारेर ठूलो खतरा टारेको दाबी गरेका छन्। शनिबार प्रेस सेन्टर नेपालको पाँचौं राष्ट्रिय महाधिवेशनमा बोल्दै प्रचण्डले समाजवादी मोर्चाले हिजो कार्यक्रम राखेकै कारण धेरै धनजनको क्षति हुनबाट बचेको बताएका हुन्। उनले भने, ‘यदी समाजवादी मोर्चाले पचासौं हजारौं जनता हिजो सडकमा नउतारेको भए हिजो शालिनता, संयमता, अनुशासन र सभ्यताको प्रतिकका रुपमा आफूलाई प्रस्तुत नगरेको भए धेरै ठूला दुर्घटना हुने खतरा थियो। हामीले हिजो कार्यक्रम राखेकै कारणले धेरै धनजनको क्षति हुनबाट बच्यो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीनकुनेमा भएको क्षतिको जरिवाना तिर्न पूर्वराजालाई बालेनको पत्र (पत्रसहित)

काठमाडौं महानपालिकाले तीनकुने क्षेत्रमा सार्वजनिक सम्पत्तीमा क्षति पुर्‍याएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना पत्र पठाएको छ शुक्रबारको हिंसात्मक प्रदर्शनका क्रममा तीनकुने, कोटेश्वरलगायतका क्षेत्रमा भएको  सार्वजनिक संरचनाको क्षति र महानगरको सम्पत्तिमा भएको क्षतिलगायतको फरकफरक शीर्षकमा महानगरले जरिवाना पत्र निर्मल निवास पठाएको हो। महानगरले क्षतिको मुल्यांकनका लागि शहरी योजना आयोग, शहरी व्यवस्थापन विभाग, महानगर प्रहरी बलसहितको टोली बनाएको थियो। सोही समितिको मुल्यांकनका आधारमा ७ लाख ९३ हजारको बिल निर्मल निवास पठाएको महानगर स्रोतले जनायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीनकुनेको क्षति पूर्वराजालाई तिराउँदै बालेन

शुक्रबार भएको हिंसात्मक आन्दोलनका क्रममा भौतिक संरचनामाथि क्षति गर्नेहरूलाई जरिवाना तिराउन काठमाडौं महानगरपालिकाले अध्ययन टोली गठन गरेको छ। शहरी योजना आयोग, शहरी व्यवस्थापन विभाग, महानगर प्रहरी बलसहितको टोली बनाएर क्षतिसहित तिराउनुपर्ने जरिवानाबारे अध्ययन थालेको मेयर बालेन साहको सचिवालयले जनाएको छ। सामान्य अवस्थामा फोहोर र सामान्य भौतिक संरचनाको क्षतिका लागि १ लाख जरिवाना तिराउने गरिएकोमा शुक्रबार भने ठूलो भौतिक क्षति भएकोले क्षतिअनुसारको जरिवाना तिराउने तयारी गरिएको सचिवालयले जनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद पुग्यो राणा पक्राउ परेको खबर, के होला सांसद पद?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवल शमशेर राणा पक्राउ परेको सूचना संसद सचिवालय पुगेको छ। सांसद पक्राउको सूचना सभामुखलाई दिनुपर्ने संविधानको धारा १०३ को उपधारा ३ को व्यवस्था अनुसार प्रहरीले राणालाई पक्राउ गरेको सूचना सभामुख र संसद सचिवालयलाई दिएको हो। संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सांसद राणा पक्राउ परेको सम्बन्धी सूचना प्राप्त भएको जानकारी दिएका छन्। अब आइतबार बस्ने संसद बैठकमा सभामुखले संसदलाई राणा पक्राउ परेको सूचना दिनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीनकुने घटनामा रास्वपाः ‘उच्च न्यायिक छानबिन आयोग’ गठन गर्न माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार तीनकुनेमा राजावादीहरूको प्रदर्शनका क्रममा भएको घटनामा उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ। शनिबार बसेको पार्टीको सचिवालय बैठकले काठमाडौंको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा शुक्रबार भएको घटनामा संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने माग गरेको हो। रास्वपाले आगामी चैत १८ गते केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने गरी पार्टीको केन्द्रीय समिति बैठक पनि बोलाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुर्गा प्रसाईंका ‘आरटीएफ कमाण्डर’ मुनिन्द्र राजभण्डारी पक्राउ

काठमाडौंको तीनकुनेमा शुक्रबारको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुर्गा प्रसाईंका युवा कमाण्डरलाई पक्राउ गरेको छ। प्रसाईंको युवा समूह ‘रोयल टास्क फोर्स (आरटीएफ)’का कमाण्डर मुनिन्द्र राजभण्डारीलाई प्रहरीले बालाजु क्षेत्रबाट पक्राउ गरेको हो। यता राजावादी आन्दोलनका कमाण्डर प्रसाईंको अवस्था भने अझै अज्ञात छ। तीनकुने घटनाका मुख्य आरोपी बनाइएका प्रसाईंको खोजीमा प्रहरीको विशेष टोली परिचालन गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं