बिएल संवाददाता
अभिनेत्री मनिषा कोइरालाले राजावादीको आन्दोलनमा हिंसात्मक भएकोप्रति टिप्पणी गरेकी छन्।
राजतन्त्रकै पक्षधर कोइरालाले आन्दोलनका क्रममा ठूलो धनजनको क्षति भएपछि असन्तुष्टि जनाएकी हुन्।
शुक्रबार राति उनले सामाजिक सञ्जाल एक्समा लेखेकी थिइन्, ‘जब अपराधीहरू देशका नेता बन्छन्!’
उनको भनाइमा समर्थन गर्दै नेकपा एकीकृत समाजवादीकी नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले पनि समर्थन गर्दै जवाफ फर्काएकी छन्। उनले कोइरालाको ट्वीटमा भनिन्, ‘जब अपराधीहरू देशको राजा बन्छन्... यो सत्य हो।’
मनिषा कोइराला राजावादी हुन्। उनले शुक्रबारको आन्दोलनमा पनि समर्थन गरेकी थिइन्। तर, आन्दोलन हिंसात्मक भएपछि उनले यस्तो टिप्पणी गरेकी हुन्।
तर, उनको यो अभिव्यक्ति सरकारलक्षित हो कि राजावादीलक्षित हो? भन्ने स्पष्ट खुलाएकी छैनन्। उनका समर्थकहरूले उनको अभिव्यक्तिलाई आफूअनुकुल व्याख्या गरिरहेका छन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया