
रविले भेटे सभामुख, निलम्बन फुकुवा गरिदिन आग्रह
गत पुसमा उनीविरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता भएपछि उनको सांसद पनि निलम्बन भएको थियो।

बिएल संवाददाता - काठमाडाैं
गत पुसमा उनीविरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता भएपछि उनको सांसद पनि निलम्बन भएको थियो।
बिएल संवाददाता - काठमाडाैं
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अहिलेसम्म त्यहाँ कम्तीमा १७०० भन्दा धेरै मानिस मृत फेला परिसकेका छन्। यो भूकम्पमा परेर १७ जना नेपालीभाषीको पनि मृत्यु भएको छ। भूकम्पले म्यानमारको छिमेकी थाइल्याण्डमा पनि क्षति गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
विभिन्न जिल्लामा दर्ता भएका चार सहकारी ठगीका मुद्दाहरूमा अदालतले उनलाई धरौटीमा रिहा गरेको छ। रिहा भएपछि पहिलोपटक उनले औपचारिकरुपमा सार्वजनिक अभिव्यक्ति दिएका हुन्। योसँगै उनी अब फेरि पार्टीको नेतृत्व लिएर जिम्मेवारीमा फर्किएका छन्।
बिएल संवाददाता - काठमाडाैं
विद्यार्थी राजनीतिबाटै धेरै राजनीतिक पार्टीका नेताहरू जन्माएको यो क्याम्पस देशकै पुरानो क्याम्पस हो।
बिएल संवाददाता - काठमाडाैं
गायक तथा अभिनेता प्रकाश सपुतको सुपरहिट गीत 'बोल माया' फिल्म 'वसन्त' मा पनि राखिने भएको छ।
बिएल संवाददाता - काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो थाइल्याण्डको औपचारिक भ्रमण जाँदैछन्। थाइल्याण्डसँगकाे कुटनीतिक सम्बन्ध गाँसिएकाे लगभग ६५ वर्षपछि पहिलाेपटक नेपाली प्रधानमन्त्रीकाे याे औपचारिक भ्रमण हाे।
बिएल संवाददाता - काठमाडाैं
समितिको बैठकले अध्यक्ष पदको उम्मेदवार बन्नका लागि रु ७ लाख रुपैयाँ मनोनयन शुल्क तोकेको छ। यसैगरी उपाध्यक्ष पदका लागि ५ लाख रुपैयाँ तय गरिएको छ भने महासचिवको उम्मेदवार बन्न ४ लाख रुपैयाँ मनोनयन शुल्क तिर्नु पर्नेछ।
बिएल संवाददाता - काठमाडाैं
संघीय संसद् अन्तर्गत् प्रतिनिधि सभा बैठक मंगलबार बस्दैछ। बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोग र मुस्लिम आयोगको छैठौं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।
बिएल संवाददाता - काठमाडौँ
नारायणगढ–बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर सडक कालोपत्र भएको छ। पूर्वी खण्डको गैंडाकोटबाट दाउन्नेसम्मको ६३ किलोमिटर खण्डमध्ये एकतर्फको ५० किलोमिटर सडक कालोपत्र सम्पन्न भएको योजनाका सूचना अधिकारी शिव खनालले बताएका छन्।
बिएल संवाददाता - नारायणगढ
नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले सोमबार १२ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ र हवाई इन्धन (आन्तरिक)तर्फ सात रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ५१ ले घटाएको हो।
बिएल संवाददाता - काठमाडौँ
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
बिएल संवाददाता - काठमाडौँ
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका दीपक राज जोशी निर्वाचित भएका छन्। सोमबार इलेक्ट्रोनिक भोटिङ मेसिनबाट भएको मतदानको नतिजा सोमबार नै सार्वजनिक भएको हो। जोशीले ७ सय ८९ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका सिद्धान्त भट्टले ७ सय ८१ मत प्राप्त गरे। जोशीले भट्टलाई जम्मा ८ मतले मात्र पछि पार्दै सभापतिमा बाजी मारेका हुन्।
बिएल संवाददाता - काठमाडौं
नेकपा एमाले रौतहटले संविधान र गणतन्त्रको पक्षमा मोटरसाइकल र्याली निकालेको छ। गरुडाको सुगर मिलबाट सोमबार दिउँसो निस्केको र्याली राजमार्ग हुँदै गौर पुगेको थियो। चन्द्रनिगाहपुरसहित विभिन्न स्थानबाट निस्केको मोटरसाइकल र्याली पनि गरुडामा आइपुगेको थियो। जिल्लाभरीका नेता तथा कार्यकर्ताको उपस्तिथिमा एमाले रौतहटले मोटरसाइकल र्याली निकालेको हो। देशव्यापी कार्यक्रम अनुसार लोकतन्त्रको पक्षमा एमालेले र्याली निकालेको नेकपा एमाले रौतहटका जिल्ला अध्यक्ष सचिदानन्द साहले बताए। उनका अनुसार काठमाडौंको तिनकुनेमा राजावादीले गरेका घटनाको विरोध गरिएको छ। राजावादीहरूले आराजक गतिविधि गरेको टिप्पणी गर्दै उनले संविधान र गणतन्त्र विरोधी कार्यको सैह्य नहुने बताए।
बिएल संवाददाता - रौतहट
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गणतन्त्र भनेको ओली तन्त्र र देउवा तन्त्र नभएको टिप्पणी गरेका छन्। सोमबार केन्द्रीय समितिको बैठकको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले गणतन्त्र भनेको जनताको तन्त्र भएको भन्दै गणतन्त्रमा सुधार आवश्यक रहेको बताए। उनले भने, ‘नख्खुमा बाढी पहिरोको चपेटामा परेका चार नागरिक बचाउन भिजिबिलिटी नपुगेको गृह मन्त्रालय र अस्ति तीनकुनेमा ४ हजारलाई सम्हाल्न नसकेको सरकारले सबै शक्ति केवल हामीमा गरिने प्रहारमा प्रयोग गरिरहेको छ। यो गठबन्धनले अब अर्को प्रहार गर्न सक्छ। तसर्थ अहिलेको पार्टी संरचना अझै सबल र सशक्त हुन आवश्यक छ। अब पार्टीको संरचनामा काम गरौं, गणतन्त्र भनेको ओली तन्त्र र देउवा तन्त्र हैन। गणतन्त्र भनेको जनताको तन्त्र हो र त्यो झन्डा हामीले बोक्छौं। गणतन्त्रमा पनि सुधार आवश्यक छ।’
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १५ गतेको तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारसँग भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री राजावादीले गरेको आगलागीका कारण अकालमा ज्यान गुमाउन पुगेका पत्रकार रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गरेका हुन्। प्रधानमन्त्री ओलीले उक्त दुःखद् घटनाको छानबिन गरी दोषीमाथि कडा कारवाही गरिने प्रक्रिया सुरु भएको बताए।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले चैत्र १५ गतेको घटना राजनीतिक घटना मात्र नभई राजनीतिक घटनाक्रम भएको दाबी गरेका छन्। सोमबार संसद बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले शुक्रबारको घटनाक्रमबाट धेरै कुराको सुरुवात पनि हुन सक्ने भन्दै यसलाई गम्भीरतापूर्वक लिएर त्यहीअनुसार समाधान गर्न अनुरोध गरेका छन्। उनले भने, ‘प्रधानमन्त्रीले १०, १५ हजार आउदै-जादै गर्छन् भन्दैगर्दा अस्ति ४ हजार पनि सम्हाल्न सक्नुभएन। यो एउटा हामीले बुझ्नुपर्ने, राजनीतिक घटना र घटनाक्रम फरक कुरा हो। अस्तिको घटना मात्र होइन्, घटनाक्रम हो त्यसबाट धेरै कुराको सुरुवात पनि हुन सक्छ। त्यसैले यसलाई गम्भीरता पूर्वक लिएर त्यही अनुसार समाधान गर्न अनुरोध गर्दछौ।’
बिएल संवाददाता - काठमाडौं
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले कुनैपनि सरकारी तथा बाह्य निकायले दिने अनुमतिमा ढिलाई हुँदा जलविद्युत आयोजनाको निर्माण समयमै सम्पन्न हुन नसके विद्युत प्राधिकरणले सहज रुपमा आरसीओडी थप गर्नुपर्ने माग गरेको छ। सोमबार विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बधाई तथा शुभकामना व्यक्त गर्दै इप्पान अध्यक्ष गणेश कार्कीले जलविद्युत आयोजनाहरूले वन मन्त्रालयबाट रुख कटानको अनुमति नपाउँदा तथा भारतबाट बिस्फोटक पदार्थ आयातको अनुमति नपाउँदा तोकिएको समयमा विद्युत उत्पादन गर्न असमर्थ भए सहज रुपमा व्यवसायिक विद्युत उत्पादन गर्नुपर्ने मिति (आरसीओडी) थप गर्नुपर्ने बताए।
बिएल संवाददाता - काठमाडौं
आठौं विश्व नेवाः दिवसको अवसरमा नेवाः गुठी न्यूयोर्कले सम्पदा संरक्षण महाअभियानसँग मिलेर पाटन दरबार क्षेत्रस्थित पाटन संग्रहालयमा आयोजना गरेको एक कार्यक्रममा महर्जनले शाक्यलाई सम्मान गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमाले मकवानपुरले हेटौंडामा जागरणसभा गरेको छ। हेटौंडाको मुख्यबजार लोकतान्त्रिक चोकमा एमालेले जागरण सभाको आयोजना गरेको हो। सभा सुरु हुनु अगाडि हेटौंडा बजारको चारैतिरबाट र्याली निकालिएको थियो। सोमबार हेटौंडाको पूर्वमा सानोपोखरा, पश्चिममा हेटौंडा हस्पिटल, उत्तरमा चौकीटोल ओरालो र दक्षिणमा फरेष्ट्री गरी चार स्थानबाट र्याली निस्किएर मेनरोडको लोकतान्त्रिक चोकमा कोणसभा गरिएको थियो। सभालाई संबोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाले राजावादीको आन्दोलनमा देखिएको अराजकतामा संलग्नहरूलाई कानून बमोजिम कारवाही गर्नुपर्ने बताए।
बिएल संवाददाता - हेटौंडा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान दुई तिहाईको सरकारले आफूलाई जिउँदै छोड्नु नै आफ्नो जित भएको बताएका छन्। सोमबार रास्वपाको केन्द्रीय समितिको विशेष बैठकमा सम्बोधन गर्दै उनले लोकतन्त्र, गणतन्त्रको आडमा लुटतन्त्र मच्चाईरहेको भन्दै त्यसको खबरदारी गर्न शरीरमा एक थोपा रगत भएसम्म पछि नहट्ने बताए। उनले भने, ‘सरकारले सक्ने जति जोड बल लगाएको छ। केही नभएको भए त्यत्रो धरौटी लिन्थ्यो अदालतले? भन्छन्। तिमीहरूको दुई तिहाईको सरकारले मलाई जिउँदै छोडेको छ यही नै मेरो जित हो। शरीरमा एक थोपा रगत हुनजेलसम्म यो लुटतन्त्रको विरोधमा उभिने छु। चाहे जतिसुकै मुद्दा लगाउनु छ लगाऊ, ज्यान मार्नु छ मार, मैले व्यक्तिगत जीवनको लागि कहिल्यै केही मागेको छैन। म राजनीतिमा हुन्नथें भने यो दुःख खेप्नुपर्ने पनि थिए। लोकतन्त्र, गाणतन्त्रको आडमा लुटतन्त्र मच्चाई रहेकाहरूलाई खबरदारी गर्न रवि लामिछाने कहिल्यै पनि पछि हट्दैन।’
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .