
सुनिताको साथ पाएपछि ढोका फुटाएर कार्यकक्ष प्रवेश गरे गुरागाईं
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोल प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई लिएर महानगरको कार्यालय पुगेकी छन्। वडाध्यक्ष र कर्मचारीहरूको सुरक्षा घेरामा कार्यालय प्रवेश गरेका गुरागाईंलाई स्वागत गर्न उपमेयर पनि उनको कार्यकक्ष पुगेकी हुन्। बिदामा राखिएका अधिकृतलाई जबर्जस्ती हाजिर गराउँन खोजेपछि मेयर बालेन्द्र साहले नगर प्रहरी परिचालन गरेर रोक्ने प्रयास गरेका थिए। तर, वडाध्यक्ष र कर्मचारीहरूले प्रतिरोध गरेपछि नगर प्रहरी पछि हट्न बाध्य भएको थियो। यसक्रममा नगर प्रहरीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका थिए। तर, कर्मचारीहरू र जनप्रतिनिधिहरूले ढोका नै तोडफोड गरेर उनलाई कार्यकक्ष प्रवेश गराएका हुन्।

बिएल संवाददाता - काठमाडौं