बिएल संवाददाता
काठमाडौंको टोखास्थित झोरमा चीन जाँदै गरेको ट्रककमा भेटिएको २५ करोडको मालिक पत्ता लागेका छन्।
राजश्व अनुसन्धान विभागको दुई साता लामो अनुसन्धानबाट २५ करोड १ लाख ६० हजार ३ सय ३८ रूपैयाँ बराबरको डलर र युरोको मालिक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ घर भएका नारायण पौडेल रहेको खुलेको छ।
यसअघि पैसा लुकाएर जाँदै गरेको ना७ख १६५२ नम्बरको ट्रक ट्रकसहित सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ का ४३ वर्षीय ‘फुच्चे’ भनिने कुसाङ लामा पक्राउ परेका थिए।
राजश्व अनुसन्धान विभाग स्रोतका अनुसार पैसाका मालिक पौडेल टोखामै बस्दै आएका थिए। उनलाई पक्राउका लागि पक्राउ पूर्जी मागिसकिएको स्रोतले बतायो।
लामाको कलडिटेलमा पनि अन्तिमपटक लामा र पौडेलबीच फोन सम्पर्क भएको खुलेको छ। लामाले पनि पौडेलसँग आफू सम्पर्कमा रहेको स्वीकार गरेका विभाग स्रोतले बतायो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया