बिएल संवाददाता
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोल प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई लिएर महानगरको कार्यालय पुगेकी छन्।
वडाध्यक्ष र कर्मचारीहरूको सुरक्षा घेरामा कार्यालय प्रवेश गरेका गुरागाईंलाई स्वागत गर्न उपमेयर पनि उनको कार्यकक्ष पुगेकी हुन्।
बिदामा राखिएका अधिकृतलाई जबर्जस्ती हाजिर गराउँन खोजेपछि मेयर बालेन्द्र साहले नगर प्रहरी परिचालन गरेर रोक्ने प्रयास गरेका थिए। तर, वडाध्यक्ष र कर्मचारीहरूले प्रतिरोध गरेपछि नगर प्रहरी पछि हट्न बाध्य भएको थियो।
यसक्रममा नगर प्रहरीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका थिए। तर, कर्मचारीहरू र जनप्रतिनिधिहरूले ढोका नै तोडफोड गरेर उनलाई कार्यकक्ष प्रवेश गराएका हुन्।
५ महिनादेखि तलब नपाएपछि महानगरका कर्मचारीहरू असन्तुष्ट थिए। लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरको काम नै ठप्प भएपछि उपमेयर डंगोल पनि मेयरसँग असन्तुष्ट थिइन्। उनले गुरागाईंलाई हाजिर गराउनुपर्ने बताउँदै आएकी थिइन्।
गुरागाईं साढे तीन महिनापछि कार्यालय फर्किएका हुन्। बालेनले गुरागाईंलाई हटाएर नयाँ प्रमुख प्रशासकीय अधिकृत ल्याउन चाहेपनि उनीमाथिको आरोप पुष्टि नभएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनैलाई निरन्तरता दिएको हो।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया