
ओली नहुँदा एमाले अध्यक्षको जिम्मेवारी इश्वर पोखरेललाई
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाएका छन्। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमणका लागि बैंकक प्रस्थान गरेपछि कावा अध्यक्षको जिम्मेवारीमा पोखरेललाई तोकिएको हो। अध्यक्ष ओलीले एमालेको विधान २०४९ को (संशोधन २०७८)को व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेका हुन्।

बिएल संवाददाता - काठमाडौं