बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै छन्।
लामिछानेले रास्वपाका सांसदहरुसहित आज बिहान १० बजे सिंहदरबारमा सभामुखलाई भेट्न लागेको प्रवक्ता मनिष झाले जनाकारी दिएका हुन्।
उनीविरुद्ध पुस ७ मा जिल्ला अदालत, कास्कीमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा विपक्षी बनाएर मुद्दा दायर भएपछि गत पुस ८ गतेदेखि सांसद पद निलम्बन भएको थियो।
तर लामिछानेले संबिधान विपरित सांसदबाट आफुलाई निलम्बन गरिएको बाताउँदै आएका छन्।
आफू जेलमा रहँदा उनले कार्यबाहक सभापतिको जिम्मेवारी डोलप्रसाद अर्याललाई दिएका छन्।
साढे पाँच महिनापछि रविले पार्टी कार्यालयमा एउटा औपचारिक सम्बोधन गरेर फेरि पार्टीको जिम्मेवारी सम्हालेका छन्।
विभिन्न जिल्लामा दर्ता भएका चार सहकारी ठगीका मुद्दाहरूमा अदालतले उनलाई धरौटीमा रिहा गरेको छ।
रिहा भएपछि पहिलोपटक उनले औपचारिकरुपमा सार्वजनिक अभिव्यक्ति दिएका हुन्।
योसँगै उनी अब फेरि पार्टीको नेतृत्व लिएर जिम्मेवारीमा फर्किएका छन्।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया