बिएल संवाददाता
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले एमाले नेतृत्वको सरकारको कामबाट कांग्रेस सन्तुष्ट नरहेको अभिव्यक्ति दिएका छन्।
मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै खतिवडाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको कामबाट आफूहरू सन्तुष्ट हुन नसकेको बताएका हुन्।
उनले सरकारको गियर बदल्नुपर्ने बेला आएको बताए। उनले तीनकुने घटनाको बारेमा निष्पक्ष छानबिनको पनि माग गरेका छन्।
उनले भने, ‘अहिले जनआक्रोश बढेको देखिन्छ। तीनकुनेमा पनि देखियो। त्यो घटनाको निष्पक्ष छानबिन हुनुपर्छ। निराशा र कुण्ठित अभिव्यक्तिले मात्रै मुलुक बन्दैन। अहिले सरकार जसरी चलेको छ त्यसले कसैको चित्त बुझेको छैन। गियर परिवर्तन गर्नुपर्छ।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया