बिएल संवाददाता
नेपालले म्यानमारमा राहत तथा मेडिकल सामग्रीहरू पठाउने भएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अत्यावश्यक राहत सामग्री तथा मेडिकल सामग्रीहरू नेपाल एयरलाइन्सको जहाजबाट पठाउने निर्णय गरेको हो।
चैत १५ मा म्यानमारमा ७.९ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसबाट म्यानमारमा ब्यापक जनधनको क्षति भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अहिलेसम्म त्यहाँ कम्तीमा १७०० भन्दा धेरै मानिस मृत फेला परिसकेका छन्।
यो भूकम्पमा परेर १७ जना नेपालीभाषीको पनि मृत्यु भएको छ। भूकम्पले म्यानमारको छिमेकी थाइल्याण्डमा पनि क्षति गरेको छ।
विश्वका विभिन्न देशहरूले राहत तथा उद्धारका लागि म्यानमार तथा थाइल्याण्डमा टोली पठाएका छन्। त्यही सिलसिलामा नेपालले पनि राहत सामग्री पठाउन थालेको हो।
राहत सामग्रीसँगै नेपालले नेपाली सेनाको चिकित्सकहरूको टोली पनि म्यानमार पठाउँदैछ। सेनाको आफ्नै जहाजबाट आवश्यक मेडिकल सामग्रीहरूसहित स्वास्थ्यकर्मीको टोली पनि म्यानमार जानेछ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया