बिएल संवाददाता
नेकपा एमाले रौतहटले संविधान र गणतन्त्रको पक्षमा मोटरसाइकल र्याली निकालेको छ। गरुडाको सुगर मिलबाट सोमबार दिउँसो निस्केको र्याली राजमार्ग हुँदै गौर पुगेको थियो।
चन्द्रनिगाहपुरसहित विभिन्न स्थानबाट निस्केको मोटरसाइकल र्याली पनि गरुडामा आइपुगेको थियो। जिल्लाभरीका नेता तथा कार्यकर्ताको उपस्तिथिमा एमाले रौतहटले मोटरसाइकल र्याली निकालेको हो।
देशव्यापी कार्यक्रम अनुसार लोकतन्त्रको पक्षमा एमालेले र्याली निकालेको नेकपा एमाले रौतहटका जिल्ला अध्यक्ष सचिदानन्द साहले बताए।
उनका अनुसार काठमाडौंको तिनकुनेमा राजावादीले गरेका घटनाको विरोध गरिएको छ। राजावादीहरूले आराजक गतिविधि गरेको टिप्पणी गर्दै उनले संविधान र गणतन्त्र विरोधी कार्यको सैह्य नहुने बताए।
गणतन्त्र विरोधी शक्तिहरूलाई बढि नसल्बलाउन समेत उनले चेतावनी दिए। वर्तमान व्यवस्थाप्रति कुनै किसिमको आँच ल्याउन नदिनका लागि खवरदारी मोटरसाइकल र्याली निकालिएको उनले प्रष्ट परे।
संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गरौं र प्रतिगामी तत्वलाई परास्त गरौं भन्ने नाराका खबरदारी मोटरसाइकल र्याली निकालिएको उनको भनाइ छ। गौर राइस मिलमा पुगेर मोटरसाइकल र्याली कोणसभामा परिणत हुदै समापन भएको थियो।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया