बिएल संवाददाता
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहको योजना अनुसार प्रसाईंबाट परिचालितहरूले काठमाडौंमा आपराधिक क्रियाकलाप गरेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले गत शुक्रबार काठमाडौंमा राजावादीहरुले गरेको उक्त आपराधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई बोकाउन खोजिएको भन्दै यस्तो भ्रममा नेपाली जनता नपर्ने दाबी गरे।
‘बंग्लादेशको मोडेलमा सत्तापलट गर्ने पूर्वराजा ज्ञानेन्द्रको योजना कार्यान्वयन गर्न ’जनकमाण्डर’ तोकिएका दुर्गा प्रसाईद्वारा परिचालित गरिएका हुल्लडवाजहरुले गरेको अपाधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई बोकाएर पानीमुनीको ओभाने बन्न खोजिरहेका छन् राजावादीहरू’ उनले लेखेका छन् ‘तर खुला समाजमा सबै कुरा छर्लङ्ग नै छ।राजावादी र पूर्वपञ्चहरुले यो सबै अपराधको भारी दुर्गा प्रसाईं र उनका अनुचरलाई बोकाएर उम्कन खोजेको भए थोरै भएपनि विश्वास गर्थे होला नेपाली जनताले। घटना घटेको दिनसम्म राप्रपाको संस्थापनपक्षलाई लागेको त यस्तै थियो। तर निर्मल निवासको ‘थ्रेट’का सामु उनीहरू निरही देखिए र भन्न थाले ’प्रहरी दमनको प्रतिरोध गरेका हुन् आन्दोलनकारीले। आँखोदेखा सत्यलाई निर्मल निवासको भयले थिच्दा यस्तै भयो पूर्वपञ्चहरूको नियती।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया