बिएल संवाददाता
शुक्रबार भएको हिंसात्मक आन्दोलनका क्रममा भौतिक संरचनामाथि क्षति गर्नेहरूलाई जरिवाना तिराउन काठमाडौं महानगरपालिकाले अध्ययन टोली गठन गरेको छ।
शहरी योजना आयोग, शहरी व्यवस्थापन विभाग, महानगर प्रहरी बलसहितको टोली बनाएर क्षतिसहित तिराउनुपर्ने जरिवानाबारे अध्ययन थालेको मेयर बालेन साहको सचिवालयले जनाएको छ।
सामान्य अवस्थामा फोहोर र सामान्य भौतिक संरचनाको क्षतिका लागि १ लाख जरिवाना तिराउने गरिएकोमा शुक्रबार भने ठूलो भौतिक क्षति भएकोले क्षतिअनुसारको जरिवाना तिराउने तयारी गरिएको सचिवालयले जनाएको हो।
आन्दोलनका क्रममा सडकका ट्राफिक लाइटदेखि सडकपेटी, महानगरको दमकलमा गरिएको क्षति र सहरको शौन्दर्य बिगारेकोमा थप जरिवाना तिराउने महानगरको तयारी छ।
आन्दोलनको आह्वान गर्ने सबै आयोजकहरूलाई जरिवाना रकम तोकिने महानगर स्रोतले बतायो।
उक्त क्षतिको जरिवाना राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंसहित आन्दोलनका लागि मोर्चा परिचालन गरेका पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा समेत जरिवाना तोकिने स्रोतले बतायो।
अध्ययन टोलीले आजैबाट अध्ययन थालिसकेको छ। अध्ययन सकिएपछि जरिवाना तोकिनेछ।
महानगर स्रोतका अनुसार करिब १० लाख भन्दा धेरै जरिवाना तिराउने तयारी छ।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया