सोमबार, १८ अगस्ट २०२५

राजावादीले तीनकुनेमा घर जलाए

काठमाडौंस्थित तीनकुनेको एक घरमा आगजनी भएको छ। राजसंस्था पुनस्थापनासहितको माग गरेका राजावादी प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरेर सिसा फुटाएकाे घरमा आगजनी भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएपछि हटाउनुको कारण प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा दिनुपर्ने माग राख्दै बुधबारदेखि प्रतिनिधिसभा बैठकमा अवरोध गर्दै आएका छन्। तर प्रधानमन्त्री ओलीले भने सदनमा जवाफ नदिने सार्वजनिक कार्यक्रममा बताइसकेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भूकम्पले ढलेको घरभित्र थिए सयभन्दा धेरै कामदार

थाइल्याण्डमा गएको शक्तिशाली भूकम्पले एउटा ठूलो बिडल्डिङ ध्वस्त भएको छ। निर्माणाधीन त्यो भवनभित्र सयौं कामदारहरू रहेको समाचार माध्यमहरूले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीनकुनेमा राजावादीलाई अश्रुग्याँस

प्रहरीले उनीहरूलाई बानेश्वतिर आउन दिएको छैन। जवर्जस्ती गर्न थालेपछि प्रहरीले प्रदर्शनकारीलाई अश्रुग्याँस प्रहार गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुर्गा प्रसाईंलाई साइबर अपराम मुद्दा

उजुरीमा लेखिएको छ,‘हामीलाई जानकारी प्राप्त भएको छ कि दुर्गा प्रसाईले नेपालका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई सार्वजनिक रूपमा गलत सूचना दिँदै नकारात्मक रूपमा चित्रण गरेका छन्। उनले समलिङ्गी विवाहलाई युएसएडद्वारा वित्तीय सहयोग गरिएको भनी झूटो प्रचार गरेका छन्। जुन पूर्णतः भ्रामक र नेपालको एलजिबिटिआई समुदायको कानूनी पहिचान तथा ऐतिहासिक निर्णयहरूको अपमान हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

म्यानमार र थाइल्याण्डमा शक्तिशाली भूकम्प

थाईल्याण्ड र म्यानमार शक्तिशाली भुकम्प गएको छ। म्यानमारलाई केन्द्रबिन्दु बनाएर दुबै देशको जमिन बेस्सरी हल्लाउनेगरी गएको भूकम्प ७.९ म्याग्निच्यूडको भएको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुबैथरिका प्रदर्शन सुरु, तीनकुनेमा राजावादीहरू उग्र बन्दै

तीनकुनेमा भेला भएका राजावादी प्रदर्शनकारीहरू नयाँ बानेश्वरतिर आउन खोजेपछि प्रहरीसँग धकेलाधकेल भएको थियो। प्रहरीले तीनकुने पुलबाट बानेश्वरतिर प्रदर्शनकारीलाई छिर्न दिएको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलमान र हितेन्द्रको मुद्दा एउटै इजलासमा

आफूलाई अन्यायपूर्वक हटाएको भन्दै कुलमानले बुधबार सर्वोच्चमा रिट हालेका थिए। त्यसलगत्तै हितेन्द्रदेव पनि ४ वर्षअघिको मुद्दा लिएर सर्वोच्च पुगेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सातादिनम सुनको मूल्यमा नयाँ रेकर्ड

यो मूल्य हालसम्मकै उच्च हो। त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज २ हजार ४० रुपैयाँ पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौंमा ‘शक्ति प्रदर्शन’काे हाेड : यस्ताे छ सडककाे अवस्था (तस्विरहरू)

शुक्रबार काठमाडौंमा गणतन्त्रवादी र राजावादीले गर्ने छुट्टाछुट्टै र्‍याली, प्रदर्शन र सभाका कारण काठमाडौं उपत्यकाको यातायात प्रभावित भएकाे छ । गणतन्त्र पक्षधर चार दलीय समाजवादी मोर्चा नेपालले काठमाडौंको भृकुटीमण्डपमा र व्यवस्था विरोधी राजावादीहरूले तीनकुनेमा सभासहितको शक्ति प्रदर्शन गर्दै छन्। त्यसअघि उनीहरुले उपत्यकाका विभिन्न स्थानबाट र्‍याली निकाल्ने तयारी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुईथरि प्रदर्शनकाबीच संसद बस्दै, प्रतिपक्षले के गर्लान्?

बिहीबार पनि बैठक बोलाइएको थियो। तर प्रतिपक्ष दलहरूसँग सहमति हुन नसकेपछि बैठक स्थगित भएको थियो।  विपक्षीहरूले संसदमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने अडान राख्दै आएका छन्। तर प्रधानमन्त्री नआउने र मन्त्रीहरूले जवाफ दिने कार्यसूची तय गरिएको छ। प्रतिपक्ष भने आफ्नो अडानबाट पछि हटेका छैनन्।

बिएल संवाददाता

बिएल संवाददाता -

मुख्य सडकमै ठडियो समाजवादी मोर्चाको मञ्च, सवारी साधन ‘डाइभर्ट’ (तस्बिरहरू)

आज काठमाडौंको प्रदर्शनी मार्गमा समाजवादी मोर्चाले प्रदर्शन गर्ने तयारी गरेको छ। मोर्चाले पर्यटन बोर्ड सभा गृह अगाडि मुख्य सडकमै मञ्च खडा गरेको छ। जसकारण क्षेत्रीय सवारी साधन डाइभर्ट गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आज एसईईका परीक्षार्थीले सवारी नपाए काठमाडौं महानगरले गन्तव्यमा पुर्‍याइदिने

काठमाडौं महानगरपालिकाले एसईई दिइरहेका विद्यार्थीहरूलाई गन्तव्यमा पुग्न सवारी साधन उपलब्ध नभएमा महानगर प्रहरी बलले सहयोग पुर्‍याउने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सडकमा दुईथरि ‘शक्ति’ : बिथोलिनसक्छ काठमाडौं, सुरक्षा व्यवस्था कस्तो?

दुबैथरि प्रदर्शन हुने भएपछि सरकार र स्थानीय प्रशासनले उपत्यकाको सुरक्षालाई सुस्त बनाएको छ। प्रदर्शनका लागि निश्चित क्षेत्र तोकेर सरकारले सुरक्षा व्यवस्थापन कडा बनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजाले ‘कू’ गर्छन्, हाम्रा राष्ट्रपतिले सक्दैनन्ः देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहले रहर गर्दैमा राजतन्त्र पुन:स्थापना हुन नसक्ने टिप्पणी गरेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको मानवअधिकार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गणतन्त्रलाई नेपाली जनताले मानिसकेकोले यही व्यवस्थाका कारण देशमा समावेशी, समानुपातिक प्रतिनिधित्वसहितको संविधान बनेको बताए। उनले राजाले जस्तो राष्ट्रपतिले कू गर्न नसक्ने दाबी गर्दै कुनै पनि हालतमा प्रजातन्त्रबाट पछि हट्ने कुरा नहुने बताए। उनले भने, ‘राजाले कू गर्छन् भनेजस्तो हाम्रो राष्ट्रपतिले कू गर्न सक्दैनन्। कुनै हालतमा पनि प्रजातन्त्र हट्ने कुरा छैन। यो प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र छ, यसलाई स्थायी गराउने काममा लाग्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाँच-छजना रैतीहरूले सस्तो चर्चाका लागि कालोझण्डा देखाए- बाबुरामको सचिवालय

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई दाङमा कालो झण्डा देखाइएपछि उनको सचिवालयले प्रतिक्रिया दिएको छ। बिहीबार दाङमा भट्टराईलाई राजावादी राजावादी युवा समर्थक सन्देश भण्डारी क्षेत्रीको नेतृत्वमा रहेको टोलीले कालो झण्डा देखाउँदै प्रदर्शन गरेको थियो। भट्टराई बसेकै होटल नजिक पुगेर युवाहरूले कालो झण्डा देखाउँदै प्रदर्शन गरेका थिए। जवाफमा बाबुरामको सचिवालयले ५-६ जना रैतिहरूले सस्तो लोकप्रियताका लागि कालोझण्डा देखाएको टिप्पणी गरेको छ। उक्त विषय चर्चाको लायक पनि नभएको सचिवालयको टिप्पणी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जुम्ल्याहा त्रिजल र त्रिनेश मध्यपुर थिमी नगरपालिकाद्वारा सम्मानित

पाँच वर्षीय जुम्ल्याहा त्रिजल कौरी (कवाडी) र त्रिनेश कौरी (कवाडी)लाई मध्यपुर थिमी नगरपालिकाले विशेष सम्मान गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्रीको आकलन- ‘भोलि १०/१५ हजारको जुलुस निस्कन्छ, त्यसै तिललाई पहाड बनाइँदैछ’

प्रधानमन्त्री ओलीले नेपालस्थित अस्ट्रेलियन दूतावासले शुक्रबार आन्दोनलाई मध्यनजर गर्दै नेपाल भ्रमणमा रहेका आफ्ना नागरिकलाई बाहिर ननिस्कन गरेको नोटिसप्रति असन्तुष्टि व्यक्त गरे। उनले भने, ‘एउटा एम्बेसीले अनावश्यक रूपमा एउटा नोटिस जारी गर्‍यो- कुनै पनि बेला कर्फ्यु जारी हुन सक्छ। जुलुस निस्कँदैछ। बाहिर ननिस्कनू भनेर। त्यो ग्लोबल्ली एउटा अनावश्यक प्रचारको कुरा मात्र हो।’ शुक्रबार समाजवादी मोर्चा र राजावादी समूहले प्रदर्शनलाई लिएर अनावश्यक प्रचारबाजी गरिएको पनि बताए। उनले यी जुलुसमा १०/१५ हजार मानिस आउने भएकोले तिललाई पहाड बनाउन आवश्यक नरहेको पनि दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भोलि राजावादी र गणतन्त्रवादी आमने-सामने हुँदै, २५ सय प्रहरी परिचालन

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले चैत १५ गते शुक्रबारको राजावादी र गणतन्त्रवादी प्रदर्शनका लागि २५ सय सुरक्षाकर्मीलाई खटाउने तयारी गरेको छ। प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यले सुरक्षा व्यवस्थापनको तयारीमा विशेष ध्यान दिएको बताए। उनले भने, ‘दुईवटा स्थलहरूमा प्रर्दशन हुँदैछ। जसमा तीनकुने र प्रदर्शनीमार्गमा ट्राफिक ड्राइर्भसन गर्ने व्यवस्था मिलाएका छौं। यसको लागि झण्डै २५ सय जति सुरक्षाकर्मीहरू नेपाल प्रहरीको तर्फबाट खटाएको छौं। ट्राफिक प्रहरीको अलग्गै व्यवस्था छ।’ साथै प्रहरी प्रवक्ता आचार्यका अनुसार, प्रदर्शनका कार्यक्रमहरू सडकमा हुने भएकाले त्यसका लागि विशेष सुरक्षा व्यवस्थापन समेत गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नचाहिँदो विषयमा अत्तो थापेर सदन अवरुद्ध गरियोः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीले सदन अवरुद्ध गरेको आरोप लगाएका छन्। बिहीबार महिला उद्यमी महासङ्घको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गैरविषयलाई विषय बनाएर एउटा कर्मचारी हेरफेरको सवालमा सदन अवरुद्ध गर्न नहुने बताए। ‘फेरी आज अर्को खालको समस्या छन्। विषय न शिषय सदन अवरुद्ध। के भयो रे भन्दा कर्मचारी सरुवा भयो कि, कर्मचारी हटाइयो कि निकालियो। फेरि कस्ता मान्छेले भन्दा हिजो निकालिएका मान्छेलाई त्यहाँ ल्याएर राख्दा विरोध गरिरहेका छन् र अहिले न्यायका कुरा गर्छन्।’ उनले भने, ‘वर्षौंसम्म त्यही निकायमा काम गरेको मान्छेलाई जिम्मेवारी दिइँदा प्रशंसा गर्नुपर्नेमा त्यो नगरी प्रशंसा नगर्नुपर्नेलाई झुठा प्रशंसा गरिएको छ। गाली नगर्नुपर्नेलाई झुठा गाली गरिएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं