बिएल संवाददाता
काठमाडौंमा राजावादी र गणतन्त्रवादी दुबैथरि समूहको प्रदर्शन सुरु भएको छ। राजसंस्थाका पक्षधरहरूले तीनकुनेमा प्रदर्शन सुरु गरेका छन् भने अर्कोथरि समाजवादी मोर्चाको प्रदर्शन र सभा भृकुटी मण्डपमा सुरु भएको छ।
एकअर्काको जुलुसतिर जान नदिन र सम्भावित मुठभेड रोक्नका लागि सुरक्षा संयन्त्र चुस्त पारिएको प्रशासनले जनाएको छ। दुबैलाई रिङरोडभित्रका मुख्य सडकहरूमा प्रदर्शन रोक लगाए पनि कतैकतै प्रदर्शनकारीहरूसँग प्रहरीको धकेलाधकेल भएको छ।
तीनकुनेमा भेला भएका राजावादी प्रदर्शनकारीहरू नयाँ बानेश्वरतिर आउन खोजेपछि प्रहरीसँग धकेलाधकेल भएको थियो। प्रहरीले तीनकुने पुलबाट बानेश्वरतिर प्रदर्शनकारीलाई छिर्न दिएको छैन।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया