बिएल संवाददाता
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई दाङमा कालो झण्डा देखाइएपछि उनको सचिवालयले प्रतिक्रिया दिएको छ।
बिहीबार दाङमा भट्टराईलाई राजावादी राजावादी युवा समर्थक सन्देश भण्डारी क्षेत्रीको नेतृत्वमा रहेको टोलीले कालो झण्डा देखाउँदै प्रदर्शन गरेको थियो। भट्टराई बसेकै होटल नजिक पुगेर युवाहरूले कालो झण्डा देखाउँदै प्रदर्शन गरेका थिए।
जवाफमा बाबुरामको सचिवालयले ५-६ जना रैतिहरूले सस्तो लोकप्रियताका लागि कालोझण्डा देखाएको टिप्पणी गरेको छ। उक्त विषय चर्चाको लायक पनि नभएको सचिवालयको टिप्पणी छ।
सचिवालयले भन्यो, ‘दाङ घोराहीमा ‘नयाँ युगको नयाँ कार्यभार: वैकल्पिक राजनीतिको औचित्य र आधार’ विषयक वृहद् अन्तरसंवाद कार्यक्रम चलिरहेको समयमा कार्यक्रमस्थल बाहिर उक्साहटमा आएका ५-६ जना रैतीहरूले सस्तो चर्चा बटुल्न पूर्वप्रधानमन्त्री तथा नेसपा(नयाँ शक्ति)का अध्यक्षविरुद्ध केहीबेर नाराबाजी गरी मिडिया अटेन्सन लिन खोजिएको विषय कुनै बहस र चर्चालायक कुरा होइन। सामन्ती व्यवस्था परिवर्तनका लागि जुन तहको दृढता र संघर्ष हामीबाट भएको छ, त्यसप्रति सदा गौरव र प्रतिबद्धता रहनेछ।’
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया