बिएल संवाददाता
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई दाङमा कालो झण्डा देखाइएपछि उनको सचिवालयले प्रतिक्रिया दिएको छ।
बिहीबार दाङमा भट्टराईलाई राजावादी राजावादी युवा समर्थक सन्देश भण्डारी क्षेत्रीको नेतृत्वमा रहेको टोलीले कालो झण्डा देखाउँदै प्रदर्शन गरेको थियो। भट्टराई बसेकै होटल नजिक पुगेर युवाहरूले कालो झण्डा देखाउँदै प्रदर्शन गरेका थिए।
जवाफमा बाबुरामको सचिवालयले ५-६ जना रैतिहरूले सस्तो लोकप्रियताका लागि कालोझण्डा देखाएको टिप्पणी गरेको छ। उक्त विषय चर्चाको लायक पनि नभएको सचिवालयको टिप्पणी छ।
सचिवालयले भन्यो, ‘दाङ घोराहीमा ‘नयाँ युगको नयाँ कार्यभार: वैकल्पिक राजनीतिको औचित्य र आधार’ विषयक वृहद् अन्तरसंवाद कार्यक्रम चलिरहेको समयमा कार्यक्रमस्थल बाहिर उक्साहटमा आएका ५-६ जना रैतीहरूले सस्तो चर्चा बटुल्न पूर्वप्रधानमन्त्री तथा नेसपा(नयाँ शक्ति)का अध्यक्षविरुद्ध केहीबेर नाराबाजी गरी मिडिया अटेन्सन लिन खोजिएको विषय कुनै बहस र चर्चालायक कुरा होइन। सामन्ती व्यवस्था परिवर्तनका लागि जुन तहको दृढता र संघर्ष हामीबाट भएको छ, त्यसप्रति सदा गौरव र प्रतिबद्धता रहनेछ।’
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया