बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनका नाममा आतङ्क सिर्जना गर्न खोजिएको टिप्पणी गरेका छन्।
महिला उद्यमी महासंघद्वारा बिहीबार ललितपुरमा आयोजित आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा स-साना विरोध र जुलुस सधैं हुने गरेको बताएका हुन्।
उनले भने, ‘आन्दोलनका नाममा के के हुँदैछ भनेर आतङ्क सिर्जना गर्न खोजिएको छ। चैत १५ गते काठमाडौंका दुई स्थानमा जुलुस र सभा हुन्छ। सकिन्छ। हुने त्यत्ति हो। यसलाई तिललाई पहाड बनाउनुपर्ने केही छैन।’
प्रधानमन्त्री ओलीले नेपालस्थित अस्ट्रेलियन दूतावासले शुक्रबार आन्दोनलाई मध्यनजर गर्दै नेपाल भ्रमणमा रहेका आफ्ना नागरिकलाई बाहिर ननिस्कन गरेको नोटिसप्रति असन्तुष्टि व्यक्त गरे।
उनले भने, ‘एउटा एम्बेसीले अनावश्यक रूपमा एउटा नोटिस जारी गर्यो- कुनै पनि बेला कर्फ्यु जारी हुन सक्छ। जुलुस निस्कँदैछ। बाहिर ननिस्कनू भनेर। त्यो ग्लोबल्ली एउटा अनावश्यक प्रचारको कुरा मात्र हो।’
शुक्रबार समाजवादी मोर्चा र राजावादी समूहले प्रदर्शनलाई लिएर अनावश्यक प्रचारबाजी गरिएको पनि बताए। उनले यी जुलुसमा १०/१५ हजार मानिस आउने भएकोले तिललाई पहाड बनाउन आवश्यक नरहेको पनि दाबी गरे।
‘एउटा जुलुस निस्किएर भृकुटीमण्डपमा सभा हुन्छ, एउटा कोटेश्वरमा सभा हुन्छ। हुने त्यति हो। यो सभा त सधैं हुने गरेकै हो। त्यति नै हुन्छ भोलि पनि। तर यहाँ एउटा ह्याभोक छ, टेरर छ, त्रास छ- के-के हुन्छ भन्ने?’ ओलीले भने, ‘वास्तवमा त्यस्तो केही पनि हुँदैन। १०/१५ हजारको जुलुस नेपालमा निस्क्या निस्क्यै छ। त्यसलाई तिललाई पहाड बनाउन आवश्यक छैन।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया