बिएल संवाददाता
गृहमन्त्री रमेश लेखक गृहसचिवसहित सुरक्षा निकायका प्रमुखहरूलाई लिएर माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन्।
राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा भएको क्षतिको अनुगमनका लागि तीनकुने क्षेत्र पुगेका गृहमन्त्री लेखक माओवादीको कार्यालयको अनुगमनका लागि पुगेका हुन्।
उनको टोलीले माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव कमरेड गणेशमान पुन, पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटालगायत नेताहरूसँग भेटवार्ता गरेका थिए।
भेटवार्ताका क्रममा संघीय लोकतान्त्रिक गणतन्त्रभित्र आपसी प्रतिस्पर्धा सामान्य भएपनि व्यवस्थामाथिको आक्रमण अक्षम्य रहेको निष्कर्ष थियो।
जनताको अभिमतअनुसार सरकार पक्ष र प्रतिपक्ष हुन्छ हुने भएपनि जब व्यवस्थाविरुद्ध नै कसैले उदण्डता प्रदर्शन गरेमा सबै मिलेर एकाकार भइ त्यसको प्रतिवाद गर्नुपर्ने छलफल भएको माओवादी अध्यक्ष प्रचण्डको सचिवालय सदस्य रमेश मल्लले जानकारी दिए।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया