बिएल संवाददाता
नेपाली कांग्रेसकी नेतृ सुजता कोइरालाले प्रजातन्त्रलाई बलियो बनाएर देशको रक्षा गर्नुपर्ने बताएकी छन्।
मंगलबार आफैंले लेखेको ‘म र मेरो सानोबुबा’ पुस्तक लोकार्पण समारोहमा बोल्दै उनले विभिन्न समयमा भएको आन्दोलनले देशमा परिवर्तन आएको भन्दै देशको रक्षाको लागि प्रजातन्त्रलाई बलियो बनाउनुपर्ने बताएकी हुन्।
‘२०४६ र २०६२/०६३ को आन्दोलनपछि नेपालमा धेरै ठुला विकास भएका छन्। धेरै कुरामा परिर्वतन आएका छन्। ति कुराहरू पनि पुस्तकमा समेट्न खोजेको छु। अब प्रजातन्त्रलाई हामीले बलियो बनाएर यो देशको रक्षा गर्नुपर्छ।’
ओली र देउवातिर हेर्दै उनले थपिन्, ‘ यहाँ अनुभवी नेताहरू हुनुहुन्छ। विकासप्रेमी ओलीजी, शेरबहादुरजी हुनुहुन्छ। धेरै दुःख गरेर जेलनेल गएर नै नेता बन्नु भएको हो। उहाँहर"को पनि आफ्नै अनुभव छ। उहाँहर"ले सम्हाल्नुहुन्छ। हामीले पाएका उपलव्धिहरूलाई बचाएर राख्नुपर्छ।’
उनले गिरिजाप्रसाद कोइरालाकै प्रस्तावमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको पनि बताइन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया