
बिएल संवाददाता
बंगलादेशी क्रिकेट टिमका पूर्वकप्तान तामिम इकबाललाई हृदयघात भएको छ।
ढाका प्रिमियर लिग (डीपीएल) खेल्ने क्रममा उनलाई हृदयघात भएको हो। उनलाई तत्काल हेलिकोप्टरमार्फत अस्पताल पुर्याइएको थियो।
मोहम्मदन स्पोर्टिङ क्लबबाट खेलेका उनी शिनपुकुर क्रिकेट क्लबविरुद्ध खेल्ने क्रममा फिल्डिङ गरिरहेका बेला अचानक हृदयघात भएर ढलेका थिए।
हृदयघातबाट अचेत भएका उनको स्वास्थ्यमा सुधार आएको बंगलादेश क्रिकेट बोर्डले पुष्टि गरेको छ।
राष्ट्रिय टोलीका पूर्व ओपनर तथा बीसीबीका क्रिकेट अपरेशन म्यानेजर, शहरियार नाफीसले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तमिम इकबाल होशमा आएका छन्, र उनलाई सीसीयूमा राखिएको छ। कृपया तमिमको लागि प्रार्थना गर्नुहोस्।’
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया