बिएल संवाददाता
कांग्रेसका वडा अध्यक्षहरूले कार्यपालिका बैठक बोलाउन निवेदन दिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह कांग्रेसप्रति आक्रोशित भएका छन्।
आइतबार कांग्रेसका वडाध्यक्षहरूले प्रमुख प्रशासकीय अधिकृत नभएपछि पालिकाको कामकाज ठप्प भएको भन्दै जवाफसहित कार्यपालिका बैठक बोलाउन बालेनलाई पत्र बुझाएका थिए।
लगत्तै बालेनले उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहमाथि आक्रोश पोखेका छन्। उनले आफूलाई हराउने नाममा आफ्नै शहर र देश नहराउँन भन्दै कांग्रेसको इतिहास माटोमा नमिसाउन आग्रह गरे।
‘माननीय सहरी विकासमन्त्री प्रकाशमान सिंहज्यू, अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रह्यो। कहिले गर्ने हो?’ बालेनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला। यत्रो गणेशमान सिंह, पीएल सिंह र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला।’
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया