बिएल संवाददाता
कांग्रेसका वडा अध्यक्षहरूले कार्यपालिका बैठक बोलाउन निवेदन दिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह कांग्रेसप्रति आक्रोशित भएका छन्।
आइतबार कांग्रेसका वडाध्यक्षहरूले प्रमुख प्रशासकीय अधिकृत नभएपछि पालिकाको कामकाज ठप्प भएको भन्दै जवाफसहित कार्यपालिका बैठक बोलाउन बालेनलाई पत्र बुझाएका थिए।
लगत्तै बालेनले उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहमाथि आक्रोश पोखेका छन्। उनले आफूलाई हराउने नाममा आफ्नै शहर र देश नहराउँन भन्दै कांग्रेसको इतिहास माटोमा नमिसाउन आग्रह गरे।
‘माननीय सहरी विकासमन्त्री प्रकाशमान सिंहज्यू, अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रह्यो। कहिले गर्ने हो?’ बालेनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला। यत्रो गणेशमान सिंह, पीएल सिंह र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला।’
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया