बिएल संवाददाता
नेपाली कांग्रेस सर्लाहीले सर्वोच्च अदालतबाट भ्रष्टाचारमा दोषी प्रमाणित नेपाली कांग्रेस सर्लाही जिल्ला सभापतिको संरक्षण गरिएको भन्दै विरोध प्रदर्शन गरेको छ।
आइतबार कांग्रेस सर्लाहीले ‘भ्रष्टाचारीलाई कारवाही कि संरक्षण?’ भन्दै नाराबाजी गर्दै कांग्रेस पार्टी कार्यालय सानेपामा विरोध प्रदर्शन गरेका हुन्।
कांग्रेस सर्लाहीले ‘सभापति, पदाधिकारीज्यू नेपाली कांग्रेसको नवौं संसोधित विधान २०७५ को परिच्छेद २ को दफा १३ को (ङ) वारे अनविज्ञ किन?, कांग्रेसजनको प्रश्न भ्रष्टाचारीलाई कारवाही कि संरक्षण?, सभापति, महामन्त्री र पदाधिकारीज्यू पार्टी भित्रका भ्रष्टाचारीलाई संरक्षण कहिलेसम्म?’ लेखिएका ब्यानरसहित पार्टी कार्यालय सानेपा पुगेर प्रदर्शन गरेको हो।
कांग्रेस सर्लाहीले सर्वोच्च अदालतले भ्रष्टाचारमा दोषी प्रमाणित गरि सजाय तोकेका जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहलाई नेपाली काग्रेसको नवौ संसोधित विधान २०७५ को परिछेद २ को दफा १३ को (ङ) र राजनीतिक दल सम्वन्धी ऐन २०७३ को परिच्छेद ३ को (ख) बमोजिम बर्खास्त गर्नुपर्ने माग राखेको छ।
सर्वोच्च अदालतले २०८० फागुन १५ गते वन विनाश गरी भ्रष्टाचार गरेको कसुरमा सभापति सिंहलाई दोषी ठहर गरेको थियो। सर्वोच्चले सिंहलाई चार महिना १५ दिन कैद सजाय हुने आदेश दिएको थियो।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया