बिहिबार, ०२ जुलाई २०२६

नचाहिँदो विषयमा अत्तो थापेर सदन अवरुद्ध गरियोः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीले सदन अवरुद्ध गरेको आरोप लगाएका छन्। बिहीबार महिला उद्यमी महासङ्घको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गैरविषयलाई विषय बनाएर एउटा कर्मचारी हेरफेरको सवालमा सदन अवरुद्ध गर्न नहुने बताए। ‘फेरी आज अर्को खालको समस्या छन्। विषय न शिषय सदन अवरुद्ध। के भयो रे भन्दा कर्मचारी सरुवा भयो कि, कर्मचारी हटाइयो कि निकालियो। फेरि कस्ता मान्छेले भन्दा हिजो निकालिएका मान्छेलाई त्यहाँ ल्याएर राख्दा विरोध गरिरहेका छन् र अहिले न्यायका कुरा गर्छन्।’ उनले भने, ‘वर्षौंसम्म त्यही निकायमा काम गरेको मान्छेलाई जिम्मेवारी दिइँदा प्रशंसा गर्नुपर्नेमा त्यो नगरी प्रशंसा नगर्नुपर्नेलाई झुठा प्रशंसा गरिएको छ। गाली नगर्नुपर्नेलाई झुठा गाली गरिएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलमानको पक्षमा राप्रपाको प्रदर्शन- ‘नेपाली जनताले के भन्छ? कुलमान घिसिङ ले भन्छ’

राप्रपाका सम्पूर्ण संगठनले कुलमान घिसिङलाई हटाइएको विरोधमा प्रदर्शन गरेका छन्। कुलमान घिसिङलाई हटाउने निर्णय गलत भएको भन्दै संगठनहरूले बिहिबार माईतीघर मण्डलामा सरकारविरुद्ध विरोध प्रदर्शन गरेका हुन्। राप्रपाकी केन्द्रीय सदस्य खुस्बु ओलीले कुलमानलाई हटाएर सरकारले एकदमै अन्याय गरेको बताइन्। उनले राम्रो काम गर्नेहरूलाई अपमान गर्ने, राम्रो काम गरेको देख्न पनि नसक्ने जस्तो परिपाटी अहिलेको सरकारले देखाएको भन्दै यसरी सरकारले आफ्नो चरित्र र नैतिकता देखाइरहेको बताईन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुर्गा प्रसाईंलाई राजावादी आन्दोलनको ‘कमाण्डरको जिम्मा

राजावादी मोर्चाले दुर्गा प्रसाईंलाई राजसंस्था पुनर्स्थापनाका लागि आयोजना गर्न लागेको संयुक्त जनआन्दोलनको कमाण्डरको जिम्मेवारी दिएको छ। बिहीबार काठमाडौंको चाबहिलमा पत्रकार सम्मेलन गर्दै समितिका संयोजक नवराज सुवेदीले प्रसाईंलाई कमाण्डरको जिम्मेवारी दिइएको जानकारी गराए। चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले विशाल जनप्रदर्शनको तयारी गरेका छन्। उक्त आन्दोलनको नेतृत्व दुर्गा प्रसाईंले गर्न लागेका हुन्। प्रसाईंले आजै पूर्वराजा ज्ञानेन्द्र शाहसँग निर्मल निवास पुगेर छलफल गरेका थिए। राजावादी मोर्चाका संयोजक सुवेदी पनि आजै शाहलाई भेट्न पुगेका थिए। भेटवार्तापछि आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रसाईंलाई कमाण्डर तोकिएको जानकारी गराइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हितेन्द्रको रिटमा पुगेन रित, सच्याउन सर्वोच्चको अवसर

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई रिट सच्याउन अवसर दिएको छ। साढे ३ वर्ष पुरानो मुद्दाको टुंगो लगाउन माग गर्दै बुधबार सर्वोच्चमा रिट लिएर पुगेका शाक्यलाई रीत नपुगेको भन्दै रिट सच्याउन समय दिएको हो।  शाक्यले २०७७ सालमा आफूलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट ऊर्जा आयोगमा सरुवा गर्ने निर्णय गलत भएको दाबी गर्दै आफूले खाइपाई आएको सेवासुविधा उपब्लध गराउनुपर्ने मागसहित रिट दायर गरेका थिए। सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेल र शाक्यका पक्षबाट आएका कानुन व्यवसायीसँग भएको छलफलपछि रीट सच्याउन समय दिइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आन्दोलनको पूर्वसन्ध्यामा पूर्वराजा भेट्न पुगे दुर्गा प्रसाईं

चैत १५ गते राजावादीहरूको विशाल आन्दोलनको तयारी गरेका छन्। काठमाडौंको कोटेश्वर-तीनकुनेमा गर्न लागिएको जनप्रदर्शनको अघिल्लो दिन राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक मेडिकल व्यवसायी दुर्गा प्रसाईं पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न निर्मल निवास पुगेका छन्। बिहीबार भएको भेटवार्तामा पूर्वराजासँग आन्दोलनको रोडम्यापबारे छलफल भएको स्रोतले बतायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कानुनभन्दा माथि बस्न खोज्ने कर्मचारीलाई सरकारले लगाम लगाउँछ: ऊर्जामन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले कर्मचारीहरूबीच कानुनभन्दा माथि बसेर आफूलाई स्थापित गर्ने होडबाजी चलिरहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित कार्बन वित्त लगानीका अवसर सम्बन्धी राष्ट्रिय गोष्ठी समारोहमा उनले कर्मचारीबीच काम गरेर नभई प्रचारबाजी गरेर स्थापित हुने प्रतिस्पर्धा चलिरहेको बताएका हुन्। उनले प्रचारबाजी र मिडियाबाजी गरेर नभई काम गरेर स्थापित हुनका लागि प्रतिस्पर्धा गर्न अन्यथा सरकारले लगाम लगाउने चेतावनीसमेत दिए।

ज्योति देवकोटा

ज्योति देवकोटा - काठमाडौं

शान्ति सम्झौताका बाँकी काम पूरा गर्न सबै दल तत्पर छौं: देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्वकालमा भएका मानवअधिकार उल्लंघनका घटनाहरूको छानविनमार्फत सत्यतथ्य उजागर गरी न्याय दिलाउन कांग्रेस सुरुदेखि नै प्रतिवद्ध रहिआएको बताएका छन्। बिहीबार संक्रमणकालीन न्यायसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले पीडितलाई न्याय दिने कुरामा दुई मत नरहेकाले वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अघि बढिरहेको बताएका हुन्। उनले भने, ‘द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटनाहरूको  छानविनमार्फत सत्यतथ्य उजागर गरी न्याय दिलाउन नेपाली कांग्रेस सुरुदेखि नै प्रतिवद्ध रहिआएको छ। पीडितलाई न्याय दिने कुरामा कुनै पनि दुई मत छैन। वर्तमान   सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अघि बढिरहेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीन दल मिले शान्ति प्रक्रिया टुंगिन्छ, पीडितले न्याय पाउँछन्ः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीले अहिले पनि हिंसालाई ग्लोरिफाई गरिरहेको टिप्पणी गरेका छन्। बिहीबार संक्रमणकालीन न्यायसम्बन्धि राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले माओवादीका कारण विगतमा नेपालले भोग्नै नपर्ने, अनावश्यक र अनुचित हिंसा भोगेको टिप्पणी गरेका हुन्। माअ‍ोवादीको कारण हजारौं मान्छेहरू भिक्टिम भएको, हजारौंको संख्यामा मान्छेहरूको ज्यान गएको, हजारौं टुहु्रा-टुहुरी भएको बताए। उनले माओवादीले अहिले पनि छुट्टी मनाउने, बाजा बजाउनेजस्ता कुरा गरेर हिंसालाई ग्लोरिफाई गरिरहेको दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन ‘पार्टी फुटाउन पनि तयार छु’- प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीआरसीमा पीडितहरूलाई सम्बोधन गर्ने कुरा उच्च प्राथमिकतामा राख्नुपर्छ भन्ने विषयमा राजनीतिक नेतृत्व तहमा कहिले विवाद नभएको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित संक्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलनमा उनले सबै विवाद र विमतीको बीचमा पनि शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्छ भन्ने कुरामा सैद्धान्तिक रुपमा कहिले विवाद नभएको भन्दै त्यही भएर राजनीतिक द्वन्द्व जस्तो समयमा पनि विधेयक संशोधनको कुरा टुङ्ग्याउन सफल भएको बताए। उनले भने, ‘राजनीतिक नेतृत्वहरू मूलत पीडितहरूलाई न्याय दिने कुरालाई प्राथमिकता दिएर मात्र शान्ति प्रक्रियालाई दिगो बनाउन सकिन्छ भन्ने कुरामा पनि हामी कहिले पनि अन्यौलमा परेनौं। अहिले पनि राजनीतिक दलहरूको बीचमा विवादहरू छन्। प्रमुख दलहरू नै कोही सत्ता पक्षमा छौं कोही प्रतिपक्षमा छौं, विवाद चलिरहेको छ। सदनमा बहस भइरहेको छ, यी सबै विवाद र विमतीको बीचमा पनि शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्छ भन्ने कुरामा सैद्धान्तिक रुपमा कहिले पनि विवादमा भएनौं। ढिला त भयो र विवादले गर्दा भएको होइन त्यो भन्न मिल्दैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली, देउवा र प्रचण्ड एउटै मञ्चमा, ‘हतार छ’ भनेर निस्किए प्रचण्ड

सम्मेलनमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) एउटै मञ्चमा देखिएका हुन् । तर, पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्ड भने समय नभएको भन्दै आफ्नो सम्बोधन सकेर कार्यक्रम स्थलबाट निस्केका छन्। कार्यक्रममा संयुक्त राष्ट्रसंघकी आवासीय प्रतिनिधि हाना सिंगर, सांसदहरू, द्वन्द्वपीडित समुदायका प्रतिनिधिहरू लगायत सहभागी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अग्नी सापकाेटालाई प्रश्न, माओवादीले टिआरसीसँग कुलमान साटेकाे हाे?

त्यही दिन बैठक बोलाएर भ्रम पार्न सकिन्छ कि भनेर बेलुका निर्णय गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले यसरी प्रचार गर्दा आफ्नो नालायकी छोपिन्छ कि भन्ने सोचको हुनसक्छ। तर टिआरसी विधेयक र कुलमानलाई हटाउने कुरा सहमति हुनै सक्दैन्। यो कपोल्कल्पित मात्रै होईन, घृणित प्रचार हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रेभुलेसनको ‘फिस्टे-तोप’ पड्काउँदै ज्ञानेन्द्रपथमा रवि

देशमा राजाको नाममा बेमौसमी बाजा बजिरहेको बेला रवि लामिछानेले रेभुलेसनको फिस्टे-तोप पड्काएका छन्।यो फिस्टे-तोपलाई एक विन्दु मान्ने र उनीसँग सम्बन्धित अरू पनि विन्दुहरू जोड्ने हो भने त्यसले बनाउने रेखा भनेको ज्ञानेन्द्रपथ नै हो ।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - अमेरिका

१५ गतेको प्रदर्शनमा १ लाख समर्थक उतार्ने समाजवादी मोर्चाको तयारी

चारदलीय समाजवादी मोर्चाले जनताको धेरै ठूलो त्याग र बलिदानबाट स्थापना भएको गणतन्त्रविरुद्धमा गरिएको षड्यन्त्रविरुद्ध चैत्र १५ गतेको आन्दोलन गर्ने निर्णय गरेको छ।  बुधबार एकीकृत समाजवादी को कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले १५ गतेको प्रदर्शनमा १ लाख शुभेच्छुक र समर्थक उतार्ने तयारी गरेको मोर्चाका नेता महेन्द्र राय यादवले बताए। राजधानीका विभिन्न स्थानबाट निकालिएको जुलुस बिहान ११ बजे शान्तिबाटिकामा भेला हुने र त्यहाँबाट भृकुटी मण्डपमा पुगी आमसभामा परिणत गर्ने मोर्चाको तयारी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देशलाई अप्ठ्यारोमा पार्न खोज्नेलाई युवा संघले ‘बाघले झम्टिए झैं झम्टिन्छ’- ओली

ओलीले युवा संघसँग कति तागत छ भन्ने कुरा मान्छेहरूले आँकलन नै नगरेको भन्दै देश र जनताको लागि परिआएमा यसले प्रतिगामी शक्तिसँग जस्तोसुकै मुकाविला गरेर पनि सक्षमता देखाउने दाबी गरेका हुन्। उनले भने, ‘हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन। यो कुरा अझ राम्रोसँग युवाहरूले बताउन सक्छ। देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा संघले बाघले झम्टिए झैँ झम्टन्छ,’ प्रधानमन्त्री ओलीले भने,‘स्वयंसेवाको यो क्रियाकलाप राम्रो थालनी हो। यस शक्तिलाई व्यवस्थित र मर्यादित रुपमा परिचालन गर्नुस्। पहिलाको युथ फोर्स जस्तै। यो एउटा निःशस्त्र स्थायी टोली होस्, कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीहरूले हाम्रा काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गरोस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर्वोच्च गए कुलमान

आफूलाई सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त गरेपछि कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन्। आफूलाई पदमुक्त गर्ने मन्त्रिपरिषदको निर्णय बदर गर्दै कार्यकारी निर्देशकमा पुनःस्थापना गर्नुपर्ने मागसहित उनी सर्वोच्च पुगेका हुन्। उनले नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितमान शाक्य लगायतलाई विपक्षी बनाएका निवेदन दिएका छन्। प्रतिनिधिमार्फत कुलमानले पेश गरेको निवेदनमा बिना गल्ती सरकारले बदनियतका साथ स्पष्टीकरण सोधेर आफूलाई गलत ढंगले पदमुक्त गरेको दाबी गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलमानको समर्थनमा ओलीविरुद्ध नारा, प्रहरीको धरपकड

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै युवाहरूको समूहले बुधबार पनि प्राधिकरण अगाडि विरोध प्रदर्शन गरेको छ। कुलमानलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोधमा आज पनि स्वतन्त्र युवाहरू रत्नपार्क प्राधिकरणको कार्यालय अगाडि पुगेर प्रदर्शन गरेका हुन्। उनीहरूले  विरोध प्रदर्शनमा विद्युत प्राधिकरण डुबाउन पाइँदैन, कुलमान घिसिङ पुनः नियुक्ती गर,  केपी ओली मुर्दावाद जस्ता नारा लगाएका थिए। प्रदर्शनका क्रममा कुलमान समर्थक र प्रहरीबीच धकेलाधकेल समेत भएको थियो।सरकारले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट कुलमानलाई हटाउने निर्णय गरेपछि सडकमा विरोध भइरहेको छ। विपक्षी दलहरूले संसदमा समेत अवरोध गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एउटा कर्मचारीलाई हटाउँदा केही मानिसहरू छाती पिटीपिटी रोइरहेका छन्ः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा कर्मचारीलाई हटाउँदा केही मानिसहरू छाती पिटीपिटी रोइरहेको टिप्पणी गरेका छन्। नेकपा एमालेको युवादस्ता राष्ट्रिय युवा संघ नेपालद्वारा बुधबार आयोजित राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यसबारे सरकारले जवाफ दिइरहनु आवश्यक नरहेको टिप्पणी गरे। उनले भने, ‘प्रधानमन्त्रीले जवाफ दिइसक्यो। एउटा हटायो, अर्को नियुक्ति गर्‍यो। सक्कियो। त्यही हो जवाफ। उहाँहरूलाई सहयोग हुने, उहाँहरूले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन’, ओलीले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपालाई प्रचण्डले ‘गणतन्त्रबारे तपाईंहरूको नीति के हो?’ भनेर सोधेपछि…

बुधबार बसेको विपक्षी दलहरूको बैठकमा माओवादी केन्द्रक अध्यक्ष प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीको वर्तमान शासन व्यवस्थाप्रतिको प्रतिवद्धताबारे प्रश्न गरेका छन्। माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको विपक्षी दलहरूको बैठकमा माओवादी, नेकपा एस, रास्वपा, महिन्द्रराय यादवको नेसपाका शीर्ष नेताहरू सहभागी थिए। बैठकमा प्रचण्डले रास्वपाको शासन व्यवस्थाप्रतिको धारणा के हो? भन्दै प्रश्न गरेका थिए। उनले आफू रास्वपा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिवद्ध रहेको भन्नेमा विश्वस्त रहेपनि समाजमा रास्वपाको ‘धार क्लियर’ नभएको म्यासेज सुनिएको भन्दै प्रश्न गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद बैठक छोडेर युवा संघको भेलामा ओली

प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमालेको राष्ट्रिय युवा संघको स्वयंसेवक भेलामा सहभागी भएका छन्। युवा संघले काठमाडौंमा आयोजना गरेको भेलामा सम्बोधन गर्न प्रधानमन्त्री ओली बुधबार दिउँसो तीनकुने पुगेका हुन्। त्यहाँ युवा संघका कार्यकर्ताहरूले ‘ओलीबा वि लभ यु’ को नारा लगाएका थिए। यता प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलहरूले सरकारको खोजी गरेपछि संसद बैठक दुईपटक बसेर स्थगित भएको छ। संसद बहिष्कार गरेर पार्टीको युवा दस्ताको कार्यक्रममा सहभागी भएपछि प्रधानमन्त्रीको प्रतिपक्षी दलहरूले आलोचना गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुईपटक बस्यो संसद, आएन सरकार

नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङलाई हटाएको विषयले संसदमा हंगामा मच्चाएको छ। आजै दुईपटक बसेको संसदमा सरकार नआएपछि बैठक भोलि बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ। आज बिहान ११ बजे बसेको प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी सांसदहरूले कुलमानलाई हटाएको विषयमा सरकारको जवाफ खोजेपछि बैठक स्थगित भएको थियो। आधा घण्टाका लागि स्थगित बैठक दिउँसो ३ बजेपछि पुनः बसेको थियो। तर, बैठक सुरु हुनेवित्तिकै प्रतिपक्षी दलहरूले फेरि सरकारको जवाफ खोज्दै विरोध गरेपछि बैठक स्थगित भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं