संकटमा माधव नेपालः भ्रष्टाचारलाई ‘राजनीतिक रंग’ दिनु रास्वपालाई भारी
पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल ललिता निवास जग्गा प्रकरणपछि पतञ्जली योगपीठको जग्गा प्रकरणमा जोडिएका छन्। पतञ्जलीको हदबन्दी छुटको जग्गा व्यक्तिको नाममा पुगेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसँग सुटुक्क बयानसमेत लिइसकेको खुलेको छ। २०६६ सालमा माधव नेपाल प्रधानमन्त्री भएको बेला पतञ्जली योगपीठलाई आयुर्वेद अस्पताल तथा जडिबुटी केन्द्रका नाममा दिइएको हदबन्दी छुटको जग्गा विक्री भएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसँग बयान लिएको हो।
बिएल संवाददाता - काठमाडौं