बुधबार, ०१ जुलाई २०२६

गणतन्त्रविरुद्ध ढुंगा हान्नेसँग कुम जोडेर माओवादीको राजनीतिक दृष्टिकोणमाथि नै प्रश्न खडा भयोः एमाले

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षीले राजावादीहरूसँग मिलेर लगातार सदन अवरुद्ध गरिरहेको बताएका छन्। आइतबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले बाहिर गणतन्त्रको पक्षमा नाराबाजी गर्ने र सदनभित्र गणतन्त्रका विरुद्ध ढुंगा हान्नेहरूसँग कुम जोडेर सदन चल्न नदिने कुराले माओवादीको राजनीतिक दृष्टिकोणप्रति नै प्रश्न खडा भएको बताएका हुन्। उनले भने, ‘प्रमुख प्रतिपक्षले लगातार चारदिनदेखि संसद बैठक अवरुद्ध गरिरहेका छन्। प्रमुख प्रतिपक्षले लाज मान्नुपर्ने हो। प्रमुख प्रतिपक्षी दलहरूको राजनीतिक दृष्टिकोणमाथि नै अब प्रश्न चिन्ह खडा भइसकेको छ। बाहिर गणतन्त्रका पक्षमा नाराबाजी लाउने, संसदमा गणतन्त्रका विरुद्धमा ढुंगा हान्नेहरूसँग कुम जोडेर संविधान बमोजिम यो हाउस चल्न नदिने?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजतन्त्रमा ‘हुकुम’ नै कानुन हुन्छ, गणतन्त्रमा जनताले प्रश्न गर्न पाउँछन्ः गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले लोकतान्त्रिक गणतन्त्रमा जनताले सरकारलाई प्रश्न गर्न पाउने र सरकारले जवाफ दिनुपर्ने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित रिपोर्टर्स क्लब नेपालको २७औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले राजतन्त्रमा हुकुम नै कानुन हुने भन्दै लोकतान्त्रिक गणतन्त्रमा जनताले प्रश्न गर्न पाउने बताएका हुन्। ‘म आग्रह गर्न चाहन्छु जनताबाट निर्वाचित पद्धति जनताको नियन्त्रण रहन्छ। जनताले प्रश्न गर्न पाउँछन्। जुन पद्धतिले जनताबाट निर्वाचित प्रतिनिधिले जवाफ दिनुपर्छ। आलोचनालाई स्वीकार गर्नुपर्छ। पद्धतिविरुद्ध, संविधान भन्दामाथि राजतन्त्र पद्धति नै उचित होला भनेर भ्रममा परियो भने देश थप अँध्यारोतर्फ जान्छ,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मिश्र र राणासहित ४१ राजावादी प्रदर्शनकारीलाई अदालतमा उपस्थित गराइयो

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ४१ जनालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ। तीनकुनेको हिंसात्मक आन्दोलनमा जोडिएको आरोपमा पक्राउ परेका उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप गर्न लागिएको हो। उनीहरूमाथि आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा अनुसन्धान सुरु भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजाले लिनुपर्छः विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शुक्रबारको हिंसात्मक प्रदर्शनको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने टिप्पणी गरेका छन्। आइतबार संसद भवन नयाँबानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले शुक्रबारको घटनामा पूर्वराजाले नैतिक जिम्मेवारी लिनुपर्ने बताएका हुन्। उनले भने, ‘आज पूर्वराजाले बीपीले जस्तै नैतिक जिम्मेवारी लिनुपर्छ की पर्दैन? मान्छे मारिएको घटनामा बोल्नुपर्छ की पर्दैन? कस्तो राजसंस्था खोजेको? यो घटनामा सम्पूर्ण रुपमा पूर्वराजा दोषी छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१५ गतेको घटना संविधानमाथिको आक्रमण हो: रघुजी पन्त

नेकपा (एमाले)का सांसद रघुजी पन्तले नेकपा एमाले वर्तमान संविधानको रक्षाको लागि सधैं कटिबद्ध रहेको बताएका छन्। आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद पन्तले  संविधानलाई रक्षा गर्न र विकास गर्न एमाले लागिपरेको बताएका हुन्। उनले भने, ‘नेकपा एमाले वर्तमान संविधानको रक्षाको लागि सँधैं कटिवद्ध छ। यो  संविधानलाई रक्षा गर्न, यसलाई विकास गर्न र संविधानलाई विकसित रुप दिन लागिपरिरहेको छ।’ साथै उनले  प्रतिपक्षहरूका कारण संसद बैठकमा अवरोध आइरहेको बताए। उनले चैत १५ गते काठमाडौंमा भएको घटनाबारे संसदमार्फत देशलाई जानकारी दिन  गृहमन्त्रीले पाउनुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फरार दुर्गाविरुद्ध अर्को मुद्दा

मेडिकल व्यवसायी तथा राजसंस्था पुनर्स्थापनाका पक्षधर दुर्गा प्रसाईंविरुद्ध साइबर ब्युरोमा फेरि अर्को उजुरी परेको छ। प्रसाईंले झूटा, भ्रामक, र जनमानसमा गलत धारणा फैलाउने अभिव्यक्ति दिएको भन्दै अधिकारकर्मी टिकाराम भुसालले काठमाडौंको साइबर ब्युरोमा उजुरी दिएका हुन्। प्रसाईले नेपालमा समलिङ्गी विवाह यूएसएडको वित्तीय सहयोगमा लागू गरिएको भन्ने झूटा, भ्रामक अभिव्यक्ति दिएको भिडियो टिकटकमार्फत बाहिरिएपछि भुसालले झुटा सूचना प्रवाह र अदालतको मानहानीसम्बन्धी उजुरी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घुमिफिरी घण्टीघरमै रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सभापति रवि लामिछानेले पार्टीको जिम्मेवारीसहित सक्रिय राजनीतिमा फर्किने तयारी गरेका छन्। सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पार्टी कार्यालयबाटै पक्राउ परेका उनी पोखरा, काठमाडौं, चितवन र बुटवलका जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालतको चक्कार काटेर अन्ततः घण्टीघरमै फर्किने भएका हुन्। लामिछाने अदालती पक्रियामा गएपछि पार्टीको पुस ८ गतेको सचिवालय बैठकले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीनकुने घटनाको ‘साइड इफेक्ट’- सर्वदलीय बैठकमा राजावादीलाई ‘बाइकट’

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डसँग टेलिफोन वार्ता गरेपछि सर्वदलीय बैठक आह्वान गरेका छन्। आइतबार साँझ ७ बजे बालुवाटारमा बस्ने बैठकमा गणतन्त्रवादी दलका शीर्ष नेतृत्वलाई निमन्त्रणा गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सर्वदलीय बैठक भनिएपनि राजतन्त्रवादी दलहरूलाई भने निमन्त्रणा नगरिएको स्रोतले बतायो। बैठकमा तीनकुने घटनाको बारेमा गणतन्त्रवादी नेताहरूले धारणा बनाउने बुझिएको छ। सोही कारण राजावादी दललाई बाइकट गरिएको हो। शुक्रबार राजावादी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाले नेपालको राजनीतिमा तरंग ल्याएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रसाईंको भिडियो सन्देश- भागेको छैन, काठमाडौंमै छु (भिडियोसहित)

तीनकुनेमा हिंसात्मक प्रदर्शनपछि फरार रहेका दुर्गा प्रसाईंले आफू काठमाडौंमै रहेको दाबी गर्दै भिडियो सन्देश जारी गरेका छन्। उनले फरक-फरक स्थानबाट फरकफरक भिडियो सन्देश जारी गर्दै आफू भाग्ने मान्छे नभएको दाबी गर्दै आफूलाई पक्राउ र पूर्वराजालाई नजरबन्दमा राख्न चुनौती दिएका छन्। उनले आन्दोलनलाई सरकारले जबरजस्ती हिंसात्मक बनाएको दाबी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुर्गा प्रसाईं फरार, नवराज नजरबन्दमा, अबको नेतृत्व जगमानले

‘सरकारले मलाई नजरबन्दमा राखेको हुनाले मेरो अनुपस्थितिमा संयुक्त जनआन्दोलनको नेतृत्व नेपाल ऋषि जगकमानले गर्नुहुनेछ’ उनले भनेका छन् ‘आद्द्दोलन निरन्तर राख्न सबै दल, संघसंस्थालाई सहयोग गर्न आह्वान गर्दछु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रहरीले माग्यो तीनकुनेमा आतंक र लुटपाट मच्चाउनेको भिडियो, एक-एकलाई हेर्दै, समाउँदै

नेपाल प्रहरीले शुक्रबारको राजावादी आन्दोलनका क्रममा आतंक फैलाउने, लुटपाट र चोरीमा संलग्नहरूको खोजी तिव्र पारेको छ। प्रहरी प्रधान कार्यालयले तीनकुने, कोटेश्वर, सिनामंगल, जडिबुटीलगायतका क्षेत्रहरूमा निजी सम्पत्ति, प्रहरी कार्यालय, संचार गृह, राजनैतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत नीजि तथा सरकारी सवारी साधनहरूमा तोडफोड, आगजनी, लुटपाट एवं अन्य गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको भिडियो फुटेजका आधारमा खोजी गरिरहेको छ। त्यस्तै प्रहरीले त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूका सम्बन्धमा अनुसन्धानको प्रमाण संकलनका लागि कोहीकसैसँग तथ्यपरक सूचना (फोटो, भिडियो, संलग्न व्यक्तिको विवरण) भएमा प्रहरीलाई उपलब्ध गराइ अनुसन्धानमा सहयोग गरिदिन आग्रहसमेत गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वराजाले जरिवाना पत्र बुझ्न नमानेपछि हुलाकमार्फत पठाउने महानगरको तयारी

पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना पत्र बुझाउन गएको काठमाडौं महानगरको टोलीलाई निर्मल निवासका सुरक्षाकर्मीले गेटबाटै फर्काइदिएका छन्। आइतबार बिहान महानगर प्रहरीको गाडीलाई उनीहरूले गेटबाट छिर्नै नदिएर फर्काइदिएका थिए। पूर्वराजालाई प्रत्यक्ष रुपमा पत्र बुझाउन नसकेपछि महानगरले हुलाकमार्फत पत्र पठाउन लागेको बालेनको सचिवालयले जनायो। आजै पत्र पठाउने तयारी रहेको र हुलाकमार्फत पठाउने विषयमा महानगर प्रहरी बल आन्तरिक छलफलमा रहेको बुझिएको छ। शनिबारमात्रै महानगरले ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकहरूमा लगभग ७ लाख ९३ हजार जरिवाना तोकेर पत्र काटेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीनकुने घटनापछिको तरंगः प्रचण्ड-ओलीबीच टेलिफोन संवाद, प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

शुक्रबार राजावादी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाले नेपालको राजनीतिमा तरंग ल्याएको छ। दुई जनाको मृत्यु हुनेगरी भएको हिंसात्मक प्रदर्शनका लागि उक्साएको आरोपमा राप्रपाका नेताहरू रविन्द्र मिश्र र सांसद धवलशमशेर राणासहित १०० बढी नेता कार्यकर्ता पक्राउ परेका छन्। उक्त घटना  घटना लोकतन्त्रमाथिकै प्रहार भएको निष्कर्षसहित सभामुख देवराज घिमिरेले उक्त विषय संसदमा छलफल हुनुपर्ने भन्दै सजह बैठक सञ्चालनका लागि प्रमुख दलका सचेतकहरूसँग छलफल गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदको अवरोध खुलाउने सभामुखको प्रयास, प्रमुख सचेतकहरूसँग छलफल

प्रतिपक्षी दलहरूको विरोधका कारण अवरुद्ध भएको प्रतिनिधि सभा बैठक सहज सञ्चालनका लागि सभामुख देवराज घिमिरे सक्रिय बनेका छन्। सरकारले  विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई बर्खास्त गरेपछि प्रतिपक्षीले अवरुद्ध गरेपछि सभामुखले आइतबार प्रमुख राजनीतिक दलका  प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्। संघीय संसद भवन नयाँबानेश्वरमा कांग्रेस, एमाले, माओवादी (केन्द्र), रास्वपा र राप्रपाका प्रमुख सचेतकहरूसँग सभामुखले छलफल गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महानगरको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइयो

शनिबारमात्रै महानगरले ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकहरूमा लगभग ७ लाख ९३ हजार जरिवाना तोकेर पत्र काटेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पक्राप परेका मिश्र र धवलसहित ११२ जना राजावादीलाई अदालत लगिंदै

राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल समशेर राणालगायत हत्या, हिंसा र तोडफोड तथा आगजनी एंव लुटपाट गर्ने ११२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।  त्यो आन्दोलनका लागि ‘कमाण्डर’ तोकिएका दुर्गा प्रसाईं भने त्यही दिनदेखि फरार छन्। प्रहरीले उनको खोजी भइरहेको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘निर्मल निवासले ‘थ्रेट’मा राप्रपा निरीह, दुर्गा प्रासाईंले आपराधिक मान्छे परिचालन गरे’

‘तर खुला समाजमा सबै कुरा छर्लङ्ग नै छ।राजावादी र पूर्वपञ्चहरुले यो सबै अपराधको भारी दुर्गा प्रसाईं र उनका अनुचरलाई बोकाएर उम्कन खोजेको भए थोरै भएपनि विश्वास गर्थे होला नेपाली जनताले। घटना घटेको दिनसम्म राप्रपाको संस्थापनपक्षलाई लागेको त यस्तै थियो। तर निर्मल निवासको ‘थ्रेट’का सामु उनीहरू निरही देखिए र भन्न थाले ’प्रहरी दमनको प्रतिरोध गरेका हुन् आन्दोलनकारीले। आँखोदेखा सत्यलाई निर्मल निवासको भयले थिच्दा यस्तै भयो पूर्वपञ्चहरूको नियती।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

युद्धबिरामका लागि हमास तयार, इजरायलको जवाफ बाँकी

हमासले नेपाली विद्यार्थी बिपीन जोशीलाई पनि बन्धक बनाएको थियो। तर उनको अवस्थाको बारेमा पनि जानकारी यकीन छैन। १९ महिनाअघि युद्ध सुरु हुँदा हमासको आक्रमणमा परेर इजरायलमा अध्ययनरत १० जना नेपालीको ज्यान गएको थियो। त्यही बेला हमासले बिपीनलाई पनि बन्धक बनाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिवि उपकुलपति बरालले अचानक किन दिए राजीनामा?

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बरालले पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा पत्र बुझ्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बरालले स्वास्थ्यको कारण देखाएर राजीनामा दिएको बताएको छ। उनले आफ्नो स्वास्थ्य समस्याका कारण पदमा बसिरहन नसक्ने भन्दै प्रधानमन्त्री एवं त्रिविका कुलपतिलाई सम्बोधन गरेर राजीनामा पत्र पठाएर पोखरा लागेका छन्। गत वर्ष फागुनमा तत्कालिन प्रचण्ड सरकारले बराललाई त्रिवि उपकुलपति नियुक्त गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रहरीहरूलाई आईजीपी थापाको निर्देशन- अराजक गतिविधि नियन्त्रणमा निर्मम ढंगले लाग्नुस्

प्रहरी महानिरीक्षक दिपक थापाले शान्ति सुव्यवस्था कायम राख्नु र जीउ धनको सुरक्षा गर्नु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी भएको बताएका छन्। उनले जस्तोसुकै विषम परिस्थितमा पनि उच्च मनोबलका साथ उपलब्ध संयन्त्रको अधिकतम उपयोग गरी प्रहरी परिचालन गर्नुपर्ने बताएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायतका विषयमा शनिबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक थापाले यस्तो बताएका हुन्। प्रहरी महानिरीक्षक थापाले आ-आफ्नो क्षेत्रमा कुनैपनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनुपर्ने उल्लेख गर्दै आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति एवम् प्रभावकारी प्रहरी परिचालनमा कटिबद्ध हुन निर्देशन दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं