स्पेनको औपचारिक भ्रमणमा जाँदै प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने स्पेन भ्रमणमा जाने भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असार १६ देखि २१ गतेसम्म प्रधानमन्त्री ओलीको नेतृत्वमा स्पेनको औपचारिक भ्रमणमा सहभागी हुने प्रतिनिधिमण्डलको गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।
बिएल संवाददाता - काठमाडौं