बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले नेपालको न्याय प्रणालीमाथि दृढ विश्वास जागेको बताएका छन्।
मंगलबार तीन लाख रुपैयाँ धरौटीमा छुटे पश्चात उनले धरौटीमा छोड्ने अदालतको फैसलाले नेपालको न्याय प्रणालीमाथि दृढ विश्वास जागेको बताए।
उनले भने, ‘अदालतले न्याय दिएकोमा राज्यले अन्याय गर्दा पनि अहिलेको अवस्थामा अदालत न्याय दिन सक्षम रहेछ र अदालतले आफ्नो विवेक प्रयोग गर्ने ठाँउमा विवेक प्रयोग गर्ने रहेछ भन्ने कुराले नेपालको न्याय प्रणालीमाथि दृढ विश्वास यसले जगाइ दिएको छ।’
यस्तै, उनले राज्यले जसरी आरोप लगाएको थियो त्यो दुःखद भएपनि अदालतले न्याय दिएकोमा खुसी रहेको बताए।
उनले भने, ‘राज्यले जुन किसिमको आरोप हामी माथि लगायो र हामीलाई दोषी करार गर्नको लागि जसरी राज्य पक्षबाट विभिन्न किसिमका आरोप लगाइयो त्यो दुःखद थियो तर अदालतले न्याय दिएकोमा म खुसी छु।’
काठमाडौंको तीनकुनेमा चैत १५ गते राजावादीले गरेको आन्दोलन हिंसात्मक भएपछि मिश्र पक्राउ परेका थिए। मिश्रमाथि राज्यविरुद्धको कसूर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसूरमा मुद्दा दर्ता भएको थियो।
मिश्रसँगै पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणा भने हिजो बेलुका तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भइसकेका छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया