बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू मंगलबार निलो रिबन लगाएर संसदमा प्रवेश गरेका छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै आएको रास्वपाले मानव तस्करीविरुद्धको अभियानको प्रतिक ‘निलो रिबन’ लगाएर विरोध जनाएका हुन्।
रास्वपा सांसद सुमना श्रेष्ठले निलो रिबन लगाएर संसद भवन परिसरमा खिचिएको सामूहिक तस्बिर सेयर गर्दै ‘सरकारको दादागिरी बन्द गर! हाम्रो आन्दोलन जारी छ। people are not for sale!’ लेखेकी छन्।
गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै रास्वपाले सदनमा अवरोध गर्दै आएको छ। रास्वपा र राप्रपाको अवरोधका बीच सभामुखले सदन सञ्चालन गर्न थालेका छन्।
रास्वपाले संसद बैठक सुरु भएदेखि नसकिदा सम्म अवरोध जारी राखेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया