बिएल संवाददाता
रास्वपा सांसदहरूले निलो रिबन लगाएर सदनमा प्रवेश गरेपछि नेपाली कांग्रेसले नियमापत्ति गरेको छ।
कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले रास्वपा सांसदहरू ‘अर्यादित’ पहिरनमा उपस्थित भएको भन्दै सचेत गराउँन सभामुखको ध्यानाकर्षण गराए। त्यस्तै उनले आवश्यक परेको खण्डमा संसदमा अमर्यादित पोशाकमा आउने सांसदहरूलाई सदनबाट निष्कासित गर्नसमेत माग गरे।
कांग्रेसको नियमापत्तिपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन्।
मंगलबारको प्रतिनिधि सभा बैठकमा रास्वपा सांसदरहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै मानव तस्करीविरुद्धको अभियानको प्रतिक ‘निलो रिबन’ लगाएर विरोध जनाएका थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया