बिएल संवाददाता
प्रतिनिधि सभा बैठक यही असार ५ गते बिहीबारसम्मका लागि स्थगित गरिएको छ।
मंगलबार केही मिनेट बसेर स्थगित बैठक सभामुख देवराज घिमिरेले बिहीबारसम्मका लागि स्थगित गरेका हुन्।
मंगलबार नै साढे ४ बजेपछि बस्ने सूचना टाँस गरिएको बैठक दलहरूबीच सहमति नजुटेपछि सङ्घीय संसद् सचिवालयले सूचना टाँसेर असार ५ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो।
मंगलबारको बैठकमा रास्वपा सांसदहरूले मानव बेचविखनविरुद्धको प्रतिक ‘निलो रिबन’ लगाएर सदनमै प्रवेश गरेपछि सभामुखले बैठक नै स्थगित गरेर प्रतिनिधि सभाका पाँच ठूला दलहरूसँग छलफल गरेका थिए।
घिमिरेले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा रानासहित एमाले, कांग्रेस, माओवादी केन्द्र, रास्वपा र राप्रपाका प्रमुख सचेतकसँग छलफल गरेका थिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया