केआईईटीमा प्रिसा साह मृत्यु: नेपालले कुटनीतिक पहल थाल्यो, तत्काल छानबिन गर्न ओडिसा सरकारको आदेश
बिहीबार साँझपख उनलाई विश्वविद्यालयका कर्मचारीहरूले छात्राबासको आफ्नै कोठामा मृत फेला पारेका थिए। खबरको पुष्टीपछि नेपालको परराष्ट्र मन्त्रालयले पनि त्यसबारे कुटनीतिक पहल अघि बढाएको छ। परराष्ट्रमन्त्री आरजु राणा देउवाले उक्त घटनापछि दूतावासमार्फत घटनाको सत्य,तथ्य छानबिन गर्न र कुटनीतिक पहल थालेको बताएकी छन्।
बिएल संवाददाता - काठमाडौं