कुलमानका नाममा लोडसेडिङ हटाएको जस प्रचण्डले लिन खोजेः ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीहरूले विद्युत प्राधिकरणमा वर्षौंदेखि भइरहेका कामलाई नजरअन्दाज गर्दै कुलमान आउने वित्तिकै चमत्कार भएजस्तो प्रचार गरेको टिप्पणी गरेका छन्। मंगलबार सुजाता कोइरालाको ‘म र मेरो सानोबुबा’ लोकार्पण समारोहमा उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बर्षौं लगाएर भएका कामलाई चमत्कार र जादुको रुपमा ब्याख्या गर्न खोजेको दाबी गरे। उनले प्रचण्डले लोडसेडिङ आफूले हटाएको दावी गरेको भन्दै ‘प्रमिथस’ बन्न खोजेको आरोप लगाए। उनले कथा सुनाउँदै भने, ‘उबेला पृथ्वीमा अन्धकार थियो, स्वर्ग उज्यालो थियो, चिसो थियो। पृथ्वीका मान्छेहरूलाई पनि उज्यालो चाहिन्छ भनेर देवताका भाइहरूमध्ये सबैभन्दा कान्छा प्रमिथसले आगो चोरेर पृथ्वीमा ल्याए। त्यसवापत उनलाई हजार वर्ष ढुंगाको चेपमा कैद गरेर राखिएको थियो। ती मित्रले त्यस्तै गरेर ब्याख्या गर्नुभएछ।’
बिएल संवाददाता - काठमाडौं