बिएल संवाददाता
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले व्यापारीबाट विद्युत प्राधिकरणको बक्यौता नउठाएको भन्दै उर्जामन्त्रीकै सामू असन्तुष्टि पोखेका छन्।
पार्टी निकट विद्युत प्राधिकरण संघको महाधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले व्यापारीबाट उठाउनुपर्ने पैसा नउठाएर प्राधिकरण खस्कियो भन्दै हल्ला गर्नु गलत भएको जिकिर गरे।
उनले भने, ‘कम्तीमा पनि २३ अर्ब उठाउनुपर्ने छ, अनि हामी विद्युत प्राधिकरण खस्कियो, धारासायी भयो भन्छौं, यो गलत हो। उठाउनुपर्ने पैसा चाहिँ नउठाउने? पहिला पैसा उठाउँ न, कल्पना गरौँ, जनताले जबसम्म बक्यौता उठाउँदैन तबसम्म प्राधिकरणलाई मासिक चार्ज दिँदैनौं भने भने के हुन्छ? उद्योग व्यवसायी पाल्नको लागि जनता होइन।’
विद्युत प्राधिकरणको बक्यौता छिटोभन्दा छिटो नउठाए देशकै अवस्था नाजुक हुने उनको दाबी थियो। कोइरालाले उर्जामन्त्री खड्कासँग आफ्नो राम्रो सम्बन्ध रहेको पनि बताए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया