बिएल संवाददाता
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ‘माधव नेपाल’ले पैसा घुस कसैसँग लिएको भनेर भन्नसक्ने मान्छे धर्तीमै नभएको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित नेकपा एस सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीद्वारा आयोजित कार्यकर्ता भेला कार्यक्रममा उनले खाएको विष लाग्ने हो नखाएको विष लाग्दैन भन्दै नेपालले घुस खाएको कुरा पुष्टि गर्न चुनौती दिएका छन्।
उनले भने, ‘तपाईंहरू निश्चिन्त रहनुहोस, खाएको विष लाग्ने हो नखाएको विष लाग्दैन। त्यसकारण मैले त चुनौती दिने गरेको छु। मुलुकलाई अगाडि बढाउन सहयोग गर्ने मान्छे हुँ म। दुई वर्ष प्रधानमन्त्री भएर मुलुक चलाउने मै हो, संकटको बेला देशलाई अगाडि बढाउने मै हो। तर कोही मान्छे छ यो धर्तीमा जन्मेको जसले भनोस माधव नेपालले पैसा घुस कसैसँग लिएको छ। म चुनौतीका साथ भन्न चाहान्छु।’
घुस खाने, भ्रष्टाचार गर्ने मान्छेसँग जोड्ने कुरा सबैभन्दा चित्त दुख्ने कुरा भएको उनको भनाइ छ।
यस्तै, उनले बिराएको छैन् भने डराउनुपर्ने कुनै आवश्यकता छैन् भन्ने उच्च मनोबलका साथ अगाडि बढेको भन्दै अन्त्यमा सत्यको जित र असत्यको हार निश्चित हुने बताए।
उनले भने, ‘एउटा मान्यता बोकेर म अगाडि बढेको छु। नबिराउनु, नडराउनु। बिराएको छैन् भने डराउनु पर्ने कुनै आवश्यकता छैन। मान्छेको मनोबल गिराउने, मान्छेलाई तनाबयुक्त बनाउने र मान्छेको व्यक्तित्वलाई सिध्याउने गरी लागेका छन्। अझ कोही कोही त धेरै खुरापाती हुन्छन्। तर अन्त्यमा सत्यको जित हुन्छ असत्यको हार हुन्छ। न्यायको जित हुन्छ, अन्यायको हार हुन्छ। अन्याय गर्नेहरूको पतन हुन्छ। इतिहास साक्षी छ। यो उच्च मनोबलका साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ। यसरी नै अगाडि बढ्न पनि आग्रह गर्न चाहान्छु।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया