बिएल संवाददाता
शुक्रबार बिहान सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूबीच चर्काचर्की र टेबुल ठोकाठोक भएको छ।
समिति बैंठकमा श्रममन्त्री शरदसिंह भण्डारी र गृहमन्त्री रमेश लेखक अनुपस्थित भएको साथै दुई मन्त्रीका विषयमा छानविन हुनुपर्ने विषयमा चर्काचर्की भएको हो।
समिति सभापति अब्दुल खानले विषयबस्तुमाथि प्रष्ट पारेर सांसदहरूको धारणा माग गर्ने सिलसिलामा प्रतिपक्षी दलका सांसदहरूले विषयान्तर गर्दै टेबल ठोकेका थिए।
रास्वपा सांसद गणेश पराजुलीले राज्यका निकायको मिलोमतोमा नेपाल नागरिकहरू बेचिनुपरेकाले आफूहरूले छानबिन समितिको माग गरेको तर संसदीय समितिमा मानवतस्करीविरुद्ध उभिने सांसद सदनमा भने पार्टीको ह्वीप मानेर निरीह बन्ने गरेको भन्दै ‘यो मुद्दा रास्वपाको मात्रै हो?’ भनेर प्रश्न गरेका थिए। पराजुलीको प्रश्नपछि चर्काचर्की परेको हो।
उनले यस प्रकरणमा गृहमन्त्री र श्रममन्त्री आएर समितिमा जवाफ दिनुपर्ने मागसमेत गरे। सांसद पराजुलीलाई सत्तापक्षले प्रतिवाद गर्दै अख्तियारले छानबिन गरिरहेकाले समितिको विषय नभएको बताए। सांसद पराजुलीले निरीह भनेकोमा सांसदहरूले आपत्ति जनाए। र रेकर्डबाट हटाउन समेत माग गरे।
यत्तिकैमा नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले आफूहरू पनि मानव तस्करीको विरोधमा रहेको दाबी गर्दै ‘रास्वपा मात्रै यसको ठेकदार हो?’ भन्दै टेबुल ठोक्दै उफ्रिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया