बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमशेर राणाविरुद्ध फेरि पक्राउ पूर्जी जारी हुने भएको छ।
अदालतमा बयानका लागि अनुपस्थित रहेका उनीहरूविरुद्ध फरार अरोपीको रूपमा पक्राउ पुर्जी जारी हुने भएको हो।
तीनकुने घटनामा मुद्दा खेपिरहेका राणा उपचार गर्ने नाममा हाजिर जमानीमा र मिश्र बन्दी प्रत्यक्षीकरणको आदेशमार्फत छुटेका थिए। तर, काठमाडौं जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गर्दासम्म पनि उनीहरू अनुपस्थित भएपछि पक्राउ पुर्जी जारी हुने भएको हो।
गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको आन्दोलन हिंसात्मक बनेको घटनामा तत्कालिन कमाण्डर दुर्गा प्रसाईंसहित सात जनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाइसकेको छ।
तर हिरासतबाट छुटेयता फरार रहेका राणा र मिश्र अदालतमा समेत अनुपस्थित भएपछि फेरि पक्राउ पूर्जी जारी गर्न लागिकको जिल्ला अदालत स्रोतले बतायो।
यसअघि अनुसन्धान अधिकृते राणा र मिश्रलाई जिम्मा जमानीमा लिने कानुन व्यवसायी र स्वकीय सचिवलाई २५-२५ हजार रुपैयाँ जरिवानासमेत तिराइसकेका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया