ओलीलाई जोडेर भ्रमपूर्ण समाचार फैलाइयोः एमाले
पूर्व राजावादीहरूको केही दिन अगाडिको प्रदर्शनलाई लिएर प्रधानमन्त्रीले भनेको भनेर प्रकाशित गरिएका विषय निराधार र अतिरञ्जित रहेको दाबी गरेका छन्। उनले भनेका छन्, ‘नेकपा (एमाले)को हालै सम्पन्न सचिवालय बैठकसँग सम्बन्धित विषयमा केही नेपाली र विदेशी मिडियाहरूमा प्रकाशित समाचारबारे हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। पूर्व राजावादीहरूको केही दिन अगाडिको प्रदर्शनलाई लिएर प्रधानमन्त्रीले भन्नुभएको भनेर प्रकाशित गरिएका विषय निराधार र अतिरञ्जित छन्।’ यस्ता समाचारले अनावश्यक सनसनी फैलाउने एवं नेपाल र भारत बिचको युगौं पुरानो सम्बन्धमा आशङ्का बढाउने दुराशय बोकेका एमालेको आरोप छ।
बिएल संवाददाता - काठमाडौं