
बिएल संवाददाता
उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुसीप्रसाद थारुमाथि मोसो दलिएको छ।
धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताहरूले इजलासमै प्रवेश गरेर ‘जनताको विरुद्धमा फैसला गर्न पाइँदैन’ भन्दै नारा लगाउँदै न्यायाधीश थारुमाथि मोसो छ्यापेका हुन्।
मोसो प्रहारमा संलग्न तीनजनालाई तत्काल प्रहरीले पक्राउ गरेको छ। पर्सा प्रहरी कार्यालय स्रोतका अनुसार गमु महतो, पदमबहादुर मगर र अभिनाष भन्ने किशोर कुम्हाल पक्राउ परेका छन्।
गत जेठ १४ गते उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले रौतहटको बहुचर्चित राजपुर बम बिस्फोट र घाइतेलाई इँटाभट्टामा जिउँदै पोलेर मारेको आरोपमा रौतहट जिल्ला अदालतको जन्मकैदको फैसला उल्टाउँदै सफाइ दिएको थियो।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया