बिएल संवाददाता
उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुसीप्रसाद थारुमाथि मोसो दलिएको छ।
धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताहरूले इजलासमै प्रवेश गरेर ‘जनताको विरुद्धमा फैसला गर्न पाइँदैन’ भन्दै नारा लगाउँदै न्यायाधीश थारुमाथि मोसो छ्यापेका हुन्।
मोसो प्रहारमा संलग्न तीनजनालाई तत्काल प्रहरीले पक्राउ गरेको छ। पर्सा प्रहरी कार्यालय स्रोतका अनुसार गमु महतो, पदमबहादुर मगर र अभिनाष भन्ने किशोर कुम्हाल पक्राउ परेका छन्।
गत जेठ १४ गते उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले रौतहटको बहुचर्चित राजपुर बम बिस्फोट र घाइतेलाई इँटाभट्टामा जिउँदै पोलेर मारेको आरोपमा रौतहट जिल्ला अदालतको जन्मकैदको फैसला उल्टाउँदै सफाइ दिएको थियो।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया