
बिएल संवाददाता
भारतको गुजरातस्थित अहमदाबादमा भएको एअर इण्डियाको विमान दुर्घटनामा एक यात्रुको सकुशल उद्दार गरिएको छ।
भारतीय टेलिभिजन आजतकका अनुसार दुर्घटनामा विमानमा सवार एक भारतीय मुलका ब्रिटिश नागरिकको सकुशल उद्दार गरिएको भारतीय प्रहरीले जनाएको छ।
दुर्घटनामा बाँच्न सफल यात्रुमध्ये एकजना भारतीय मुलका ब्रिटिश नागरिक रमेश विश्वासकुमार रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनको अस्पतालनमा उपचार भइरहेको छ।
यसअघि २३० यात्रु र चालकदलका १२ सहित विमानमा सवार सवै २४२ यात्रुको मृत्यु भएको समाचार बाहिरिएका थिए। लगत्तै दुई यात्रु भने बाँच्न सफल भएका प्रहरीले जनाएको हो।
बोकेको बोइङ ७८७-८ ड्रिमलाइनर विमान अहमदाबादबाट लण्डनका लागि उड्ने क्रममा उड्नेबित्तिकै क्र्यास भएको थियो।
सरदार वल्लभभाई अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान उडान भरेको केही समयमै विमान अहमदाबादको मेघानी नगर क्षेत्रमा अस्पतालको भवनमा खसेको थियो।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया