बिएल संवाददाता
भारतको गुजरातस्थित अहमदाबादमा भएको एअर इण्डियाको विमान दुर्घटनामा एक यात्रुको सकुशल उद्दार गरिएको छ।
भारतीय टेलिभिजन आजतकका अनुसार दुर्घटनामा विमानमा सवार एक भारतीय मुलका ब्रिटिश नागरिकको सकुशल उद्दार गरिएको भारतीय प्रहरीले जनाएको छ।
दुर्घटनामा बाँच्न सफल यात्रुमध्ये एकजना भारतीय मुलका ब्रिटिश नागरिक रमेश विश्वासकुमार रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनको अस्पतालनमा उपचार भइरहेको छ।
यसअघि २३० यात्रु र चालकदलका १२ सहित विमानमा सवार सवै २४२ यात्रुको मृत्यु भएको समाचार बाहिरिएका थिए। लगत्तै दुई यात्रु भने बाँच्न सफल भएका प्रहरीले जनाएको हो।
बोकेको बोइङ ७८७-८ ड्रिमलाइनर विमान अहमदाबादबाट लण्डनका लागि उड्ने क्रममा उड्नेबित्तिकै क्र्यास भएको थियो।
सरदार वल्लभभाई अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान उडान भरेको केही समयमै विमान अहमदाबादको मेघानी नगर क्षेत्रमा अस्पतालको भवनमा खसेको थियो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया