बिएल संवाददाता
अर्घाखाँचीको छत्रदेव गाउँपालिका-३ शिख्रे गाउँमा २७ वर्षीया मेखमाया कुमालले आफ्नै श्रीमानको हत्या गरेकी छन्।
बिहे गरेको ३ महिनामै उनले श्रीमानसँग मनमुटाव भएपछि धारिलो हतियार (दाउ)ले टाउकामा हाने ३८ वर्षीय पति रामुको हत्या गरेकी हुन्।
शनिबार साँझ श्रीमानश्रीमतीले सँगै बसेर रक्सी खाएका र रक्सीकै तालमा झगडा हुँदा श्रीमतीले श्रीमानको टाउकोमा पछाडिबाट दाउले प्रहार गरेकी प्रहरीले जनाएको छ।
महिलाले स्थानीय र प्रहरीसमक्ष आफूले हत्या गरेको स्वीकारेकी र हत्यापछि पनि उनी रातभर सँगै श्रीमानसँग सुतेको बयान दिएकी छन्।
बिहान रक्सीको नसा कम भएपछि परिवारसमक्ष श्रीमानको हत्या गरेको बताएकी थिइन्। त्यसलगत्तै स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।
स्थानीयवासीका अनुसार श्रीमानको चौथो र श्रीमतीको तेस्रो विवाह रहेको खुलेको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया