बिएल संवाददाता
जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।
मंगलबार न्यायाधीश तारादेवी महर्जनको इजलासले मिश्रलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
गत चैत १५ गते तीनकुनेको हिंसात्मक राजावादी आन्दोलनमा मिश्रलाई प्रतिवादी बनाइएको छ। सोही दिन राति पक्राउ परेका मिश्र सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट हालेर रिहा भएका थिए।
त्यसयता उनी सम्पर्कविहिन थिए। हिजो मात्रै राप्रपाकै सांसद धवलशमशेर राणा अदालतमा उपस्थित भएर तीन लाख धरौटीमा रिहा भएपछि मिश्र आज अदालतमा उपस्थित भएका थिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया