शुक्रबार, १४ नोभेम्बर २०२५

धरहरा कसको, बालेन कि केपी ओलीकाे?

धरहरा बनिसकेकै छैन। जमिनमुनिको तलालाई पनि जोड्ने हो भने यो जम्मा २५ तलाको हुन्छ। तर मुख्य प्रयोग भने तेस्रो तलादेखि २२ औं तलासम्म हुन्छ। भूमिगत भनिएका दुई तलाहरू पार्किङका लागि हो। जमिनमा एक तला छ। त्यसपछि धरहराका मुख्य तलाहरू सुरु हुन्छ। त्यसको व्यवस्थापन र कार्यविधि नबन्दै त्यसमा काठमाडौँ महानगरले आफूखुसी पार्किङ खुल्ला गरिदियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादीको निष्कर्ष- गठबन्धन गर्दा पार्टीकाे सिद्धान्त ओझेलमा पर्‍याे, अब एक्लै चुनाव लड्छाैँ

उनले भने, ‘आगामी निर्वाचनमा एक्लै चुनावमा लड्ने तयारी गर्नुपर्छ। गठबन्धभित्र अरु पार्टीहरुलाई पनि सन्तुलन गर्नुपर्ने हुदाँ हाम्रो विचार, सिद्धान्त, राजनीतिक कार्यदिशा जनतामाझ लाने मौका मिलेको थिएन। अब जनतामा जाने निष्कर्षमा पुगेका छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सचिवहरूलाई प्रधानमन्त्रीकाे २६ बुँदै निर्देशन- रेल र पानीजहाज चलाउने योजना छ (सूचीसहित)

‘हवाइ र सवारी दुर्घटनाका घटनाहरु भइरहेका छन्। हामीले राजमार्गका सडकमा लामो जरा भएका बिरुवाहरु लगाउने र नयाँ निर्माण गर्दा सुरक्षित हुने गरी डिजाइन गर्ने गर्नुपर्छ। रेल र पानीजहाज चलाउने हाम्रो योजना छ। रेलका लागि जनतको माग छ। हाम्रो प्राथमिकता यसमा रहनेछ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहमति बमोजिम दुई वर्ष पुग्नुभन्दा एक साताअघि राजीनामा दिन्छु: प्रधानमन्त्री ओली

यो सरकार पनि कति दिन चल्ने हो र भनेर भ्रम फैलाइरहेकाे भन्दै आफूले सहमति बमोजिम दुई वर्ष पुग्ने एक साताअघि राजीनामा दिने र त्यसपछि कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा चुनावसम्म जाने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सचिवहरुलाई प्रधानमन्त्रीले भने- सरकार कुनै पनि हालतमा असफल हुँदैन, ढुक्क हुनुस्

उनले भने, ‘यस सरकारलाई असफल हुने कुनै छुट छैन। अन्तिम हो यो भने जस्तै नै हो। अर्को के कुरामा पनि ढुक्क हुन आग्रह गर्दछु म भने असफल हुने छुट नभएको मात्र होइन। यो असफल कुनै हालतमा पनि हुँदैन। यो असफल हुन बनेको होइन। त्यसैले पनि असफल हुँदैन, सफल हुन्छ। भाग्य छ भन्दैमा डोकोमा दुध दोएर अड्डिँदैन भनेझैँ हातमा हात बाँधेर बसेर चाहिँ केही हुँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशी प्रदेशमा मन्त्री छान्न कांग्रेसलाई सकस, बन्याे मापदण्ड

नेपाली कांग्रेसलाई कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्री छान्न सकस परेको छ। आकांक्षी धेरै भएपछि कांग्रेसलाई मन्त्री छान्न सकस भएकाे हाे। विराटनगरमा बसेको काँग्रेस कोशी प्रदेश समितिको बैठकले मन्त्री छनौटको लागि मापदण्ड बनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

मानव बेचबिखनका केसहरु लुकाउने प्रवृत्ति बढिरहेको छ: गौतम मिश्र (अन्तर्वार्ता)

अहिले वैदेशिक रोजगारीको नाममा विभिन्न ठगहरु देखा परे। ठग र तस्करीको सञ्जाल बनाउने भए। यिनिहरुको राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सञ्जाल बनाइसकेपछि फ्रि भिजा फ्रि टिकट भनेर हाम्रा चेलीहरुलाई विशेषगरी खाडी मुलुकमा लगेर घरेलु कामदारका रुपमा मानव बेचबिखन गर्ने गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै

मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि बागमती प्रदेश सभा सचिवालयमा पत्र दर्ता भइसकेको छ।  आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने बताइएको छ। नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका लामा गत साउन ८ गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त हुँदा उनलाई कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको छ। मुख्यमन्त्रीमा नियुक्त भएका लामाले बागमती सरकारलाई पूर्णतासमेत दिइसकेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा

व्यक्ति बेपत्ता मुद्दामा बम्जनसँग ३ लाख धरौटी माग

लिटिल बुद्ध भनेर आफूलाई चिनाउने तपस्बी रामबहादुर बम्जनलाई व्यक्ति बेपत्ता मुद्धामा ३ लाख रुपैया धरौटी माग गरिएको छ।  सिन्धुपाल्चोक जिल्ला अदालतकी न्यायाधीश भगवती शर्माको इजलासले उनलाई थुनछेक आदेश दिँदै ३ लाख धरौटी माग गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

निर्वाचन आयुक्तमा सिफारिस प्रधानको नाम अस्वीकृत

संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको नाम अस्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार बसेको बैठकले प्रधानको नाम अस्वीकार गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विश्व बैंकको १३ अर्ब ३३ करोड ऋण स्वीकार, १५ जिल्लाका गरिब परिवारको अन्तिम सूची स्वीकृत

उनले भने, ‘विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण अन्तर्गत उपलब्ध हुने ७४.६ मिलियन अर्थात एक हजार मिलियन अमेरिकी डलर १३ अर्ब ३३ करोड नेपाली बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले भ्रष्टाचारका फाइलहरु खोल्न नपाउँदै बन्द गर्ने प्रयास गर्‍याे: रवि लामिछाने (भिडियाे)

‘मैले भन्दै आएको दुई ठूलो दलको यो मिलन खतराको घण्टी हो। हिजो कुरा चल्यो फाइल तिमीहरुले होइन, हामीले खोलेका हौँ भनेर। अझ काण्ड पनि हामीहरुले नै गरेका हौँ भनिदिएको भए पनि राम्रो हुने थियो। फाइल तपाईंहरुले नै खोल्नुभएको तर बन्द नहुँदै जिउँदै फाइल गाड्ने प्रयास गर्नुभयो, जुन फाइलमा प्राण थियो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यी हुन् सहकारी ठगेर विदेश भागेका जीबी राईसहित १८ व्यक्ति (सूचीसहित)

समितिको सोमबार सिंहदरबारमा बसेको २३औँ बैठकले सहकारीकाे बचत रकम दुरुपयोग गर्ने जीबी राईसहित १८ जनालाई तत्काल स्वदेश ल्याउन निर्देशन दिएको हो। साथै बैठकले सोधपुछ गरिने सूचिका व्यक्तिहरूसँग समितिको समन्वय र सम्पर्कको प्रबन्ध मिलाउन गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिने निर्णय गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रंगिन पशुपति (फोटो फिचर)

हरियो, पहेँलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो देखिन्थ्यो। साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ। यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पोखरामा स्कुल बस दुर्घटना अपडेटः आमाछोराको मृत्यु, २८ जना घाइते

सोमबार बिहान साढे ८ बजेतिर पोखरा महानगरपालिका–२१ मा ग १ क ६२१९ नं. को स्कुल बस दुर्घटना हुँदा घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

टीआरसी विधेयक: कार्यदलको बैठक बिहीबार फेरि बस्ने

उनले भने, 'मुल ऐन, विधेयक र उपसमितिकाे प्रतिवेदन हेर्ने कुरा भएको छ। त्यसलाई एकीकृत गरेर उठेका प्रश्नहरुलाई पनि एकीकृत गर्ने कुरा भएको छ। सबै तयारी गरेर आगामी बिहीबार ८ बजे गृह मन्त्रालयमै बैठक बस्छौँ,' उनले भने। अहिलेसम्म भएका छलफलको मस्यौदा तयार परेर त्यसमाथि आगामी दिनमा छलफल केन्द्रित गर्ने उनको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मिस माल्टा नेपालमा, ढाका टोपी र पञ्चेबाजाले स्वागत (भिडियो)

नेपाल भ्रमणका लागि मिस माल्टा चेरिस स्पीटेरी सोमबार काठमाडौँ आइपुगेकी छन्। सोमबार बिहान टर्किस एयरलाइन्सको विमानमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनी अवतरण गरिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

पाेखरामा स्कुल बस दुर्घटना हुँदा एक विद्यार्थीकाे मृत्यु

सोमबार बिहान साढे ८ बजेतिर पोखरा महानगरपालिका–२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटना हुँदा बालिकाकाे मृत्यु भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं