बिएल संवाददाता
इरानले खाडी राष्ट्रका अमेरिकी सैनिक बेस क्याम्पहरूमा आक्रमण सुरु गरेको छ। अमेरिकी सञ्चार माध्यमहरूले इरानले कतारको अल उदैद अमेरिकी वायु सैनिक बेस क्याम्प र इराकस्थित सैनिक क्याम्पमा क्षेप्यास्त्र प्रहार गरेको जनाएका छन्। कतारस्थित अल उदैद वायुसैनिक बेसमा भएकाे क्षेप्यास्त्र प्रहारकाे आवाज राजधानी दाेहासम्मै सुनिएकाे थियाे।
यसअघि अमेरिकाले इरानका सबैभन्दा महत्वपूर्ण आणविक प्रशोधन केन्द्रहरूमा आक्रमण गरेको थियो। त्यसको जवाफमा इरानले पनि अमेरिकी सैन्य क्याम्पहरूमा आक्रमण गर्ने चेतावनी दिएको थियो।
खाडीका सामुद्रिक मार्गहरूमा धेरै नौसैनिक बेस क्याम्पहरू छन्। जसको सूची इरानले तयार पारिसकेको छ। खासगरी इराक, बहराइन, कतार, यूएई, साउदी अरब, कुबेत, जोर्डन तथा सिरियाजस्ता राष्ट्रहरूमा अमेरिकी सैन्य अड्डाहरू छन्। यी सबै इरानको ब्ल्यास्टिक मिसाइलको रेन्जमै पर्छन्।
यसअघि इरानका शीर्ष कमाण्डर कसिम सुलेमानीको हत्याको हत्याको बदला लिन यसअघि इराकस्थित अमेरिकी सैन्य बेस क्याम्पमा आक्रमण गरेको थियो। त्यो बेला पनि सुलेमानीको हत्या आदेश ट्रम्पले नै दिएका थिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया