बिएल संवाददाता
३१ दिन यात्रा तय गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न संघीय राजधानी काठमाडौं आएका सुर्खेतका नवराज बोहोरालाई प्रधानमन्त्रीसँग भेट गर्न दिइएन्।
मंगलबार सुर्खेतबाट खाली खुट्टा पैदल यात्रा गरी काठमाडौं आएका बोहरा प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटार पुग्दा उनलाई प्रहरीले अवरोध गरेको थियो। प्रहरीको निगरानीमा रहेका उनलाई प्रधानमन्त्रीलाई भेट्नै नदिइ फर्काइयो।
त्यसपछि उनी सिंहदरबारस्थित प्रधानमन्त्री एवम मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए। त्यहाँपनि उनले प्रधानमन्त्री ओलीलाई भेट्न पाएनन्। उनले मुख्यसचिव एकनारायण अर्याललाई भेटेर आफ्ना मुद्दाबारे जानकारी गराएका प्रहरीले जनाएको छ। सिंहदरबारमा संचारकर्मीसँग बोल्न खोजेका बोहोरालाई प्रहरीले अवरोध गरेको थियो।
अनियमितता र भ्रष्ट्राचार विरुद्ध खाली खुट्टा पैदल अभियान र कर्णालीको मुद्दा लिएर उनी जेठ ४ गते सुर्खेतबाट हिँडेका थिए।
उनी कर्णालीका मुद्दाहरू एवम् अनियमितता र भ्रष्टाचारका विषयहरू लिएर काठमाडौं आएका थिए।
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया